समाचार

काठमाडौंमा सहकारी पीडितहरूको प्रदर्शन, सम्पत्ति जफतको माग

काठमाडौं, २१ चैत्र । सहकारी ठगीमा संलग्नहरूको सम्पत्ति जफतको माग गर्दै सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन जारी राखेका छन्। बिहीबार पीडितहरूले शान्तिबाटिकादेखि बालुवाटारसम्म र्‍याली निकाल्दै नाराबाजी गरेका थिए।

त प्रदर्शनमा सहभागीहरूले ठगीमा संलग्न सहकारी तथा लघुवित्त संस्थाहरूको खारेजी र ऋण मिनाहा गर्न माग गरेका छन्।

बालुवाटारतर्फ अघि बढ्दा प्रहरीले राखेको ‘ब्यारिकेट’ तोड्न खोज्दा केही प्रदर्शनकारी घाइते भएका छन्।

पीडितहरूले बचतकर्ताको पैसा फिर्ता हुनुपर्ने, ठगीमा संलग्नको सम्पत्ति जफत गरी क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राख्दै आन्दोलन जारी राख्ने बताएका छन्।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button