
काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज जबरजस्ती करणी (बलात्कार) मुद्दामा दोषी ठहर भएका छन्।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले सोमबार उनलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो। यद्यपि, अदालतले हालसम्म सजाय निर्धारण गरेको छैन। सजाय निर्धारणका लागि साउन ३२ गते अर्को पेसी तोकिएको छ।
बलात्कार मुद्दामा पक्राउ परेपछि अहिराज करिब एक वर्षदेखि कारागारमा रहेका छन्। अब अदालतले सजाय निर्धारण गरेपछि उनले भोग्नुपर्ने कैद तथा अन्य कानुनी दायित्व तय हुनेछ।
राजेश अहिराजलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७८ सालमा मधेश प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गरेको थियो।



