अन्तराष्ट्रियखेलकुदमलेसिया बिशेषसमाचार

अध्यक्ष कप भलिबलमा नेपाल मगर संघ मलेसिया पेनाङ उपविजेता, उत्कृष्ट प्रदर्शनले जित्यो सबैको मन

पेनाङ, मलेसिया। सगरमाथा सेवा समाज पेनाङ (S.Y.C.) द्वारा आयोजित अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा नेपाल मगर संघ मलेसिया, क्षेत्रीय समिति पेनाङ को टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्दै दोस्रो (उपविजेता) स्थान हासिल गरेको छ।

प्रतियोगिताभर टोलीले अनुशासित, संघर्षशील र उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेको थियो। उपाधि जित्न नसके पनि टोलीको उत्कृष्ट प्रदर्शनले दर्शक र खेलप्रेमीहरूको प्रशंसा बटुल्न सफल भएको छ।

यस उपलब्धिपछि नेपाल मगर संघ मलेसिया, क्षेत्रीय समिति पेनाङले टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक, व्यवस्थापन समिति तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्दै उपविजेता बनेको अवसरमा बधाई तथा शुभकामना दिएको छ।

संस्थाले खेलाडीहरूको मेहनत, अनुशासन, एकता र खेलभावनाले सम्पूर्ण मगर समुदायको गौरव बढाएको उल्लेख गर्दै आगामी दिनमा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा अझ उत्कृष्ट प्रदर्शन गरी नयाँ सफलता हासिल गर्ने विश्वास व्यक्त गरेको छ।

प्रवासी नेपाली समुदायबीच खेलकुदमार्फत आपसी सद्भाव, मित्रता र एकतालाई मजबुत बनाउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button