खेलकुदसमाचारसमाज

जोहोरबारुमा सेप्टेम्बर १४ र १५ मा खुल्ला पुरुष भलिबल प्रतियोगिता

जोहोरबारु, मलेसिया।
ओखलढुंगा युवा क्लबको आयोजनामा आगामी सेप्टेम्बर १४ र १५ मा दुई दिने खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।

“मनोरञ्जन, मित्रता र स्वास्थ्यका लागि खेलकुद” भन्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको यस प्रतियोगिता सिमानो होस्टेल, पेक नानास, जोहोरबारुमा हुने आयोजक समितिले जानकारी दिएको छ।

प्रतियोगितामा विजयी हुने टोलीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम हुने टोलीलाई नगद आरएम ३५०० सहित ट्रफी र मेडल, द्वितीयलाई नगद आरएम २५०० ट्रफी र मेडल तथा तृतीय हुने टोलीलाई नगद आरएम १५०० सहित ट्रफी र मेडल प्रदान गरिनेछ। साथै बेस्ट प्लेयर, बेस्ट सेटर, बेस्ट डिफेन्डर र बेस्ट स्पाइकर लगायतका विशेष पुरस्कार पनि राखिएको छ।

प्रतियोगितामा सहभागिता जनाउन इच्छुक क्लब तथा खेलाडीहरूले आरएम ६५० शुल्क तिरेर टिम दर्ता गर्न सक्नेछन्।

यस प्रतियोगिता सफल बनाउन खेल प्रेमी दाजुभाइ तथा दिदीबहिनीलाई समेत उपस्थित भई खेलको आनन्द लिन आयोजक समितिले आग्रह गरेको छ।

सम्पर्कका लागि :
• अध्यक्ष: मनराज मगर (०१११६५८४३६६)
• सचिव: अरुण मगर (०१४२६९९२१७)
• खेल संयोजक: लक्सन मगर (०१४५८८२५४१)
• कोषाध्यक्ष: सागर मगर (०११२६७५७६११)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button