अन्तराष्ट्रिय

चीनमाथि सम्भावित प्रतिबन्ध लगाउन सहयोगीको समर्थन खोज्दै अमेरिका

काठमाडौं। बेइजिङले युक्रेनमा युद्धका लागि रुसलाई सैन्य सहयोग उपलब्ध गराएमा चीनमाथि नयाँ प्रतिबन्ध लगाउने सम्भावनाको बारेमा संयुक्त राज्य अमेरिकाले नजिकका सहयोगीहरूसँग आवाज उठाइरहेको चार अमेरिकी अधिकारी र अन्य स्रोतलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ।

यस विषयमा भइरहेको परामर्शहरु अहिले प्रारम्भिक चरणमा रहेको र कुनै पनि सम्भावित प्रतिबन्धहरूको लागि समर्थन समन्वय गर्न विभिन्न देशहरू विशेष गरी जी-७ बाट अमेरिकाले समर्थन खोजिरहेको छ।

वाशिंगटनले कस्ता खाले प्रतिबन्ध लगाउने छ भन्ने कुरा स्पष्ट छैन र यो विषय पहिलो पटक रोयटर्सले प्रकाशित गरेको जनाएको छ।

अमेरिकी अर्थमन्त्रालयले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । वाशिंगटन र यसका सहयोगीहरूले पछिल्ला हप्ताहरूमा चीनले रुसलाई हतियार उपलब्ध गराउने विचार गरिरहेको भनेको छ ।

तथापि यसलाई बेइजिङले अस्वीकार गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनका सहयोगीहरूले यो विषयलाई सार्वजनिक रूपमा प्रमाणीत गर्न सकेका छैनन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button