बारा को देवताल गाउँपालिकाका नेता अरुण सिंह ले गरे भोजपुरी भाषा मा सपथ ग्रहण

343

श्यामल कुमार गिरी
०९ जेष्ठ बारा । बारा को देवताल गाउँपालिकाका नेता अरुण सिंह ले गरे भोजपुरी भाषा मा सपथ ग्रहण ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ मा जसपा नेपाल बाट देवताल-१(बारा)को लागी वार्ड अध्यक्ष पद मा उम्मेदवार भइ १५० मत भन्दा बढी अन्तर मत ल्याउ बिजयी हुनु भएका थिए ।

नेता अरुण सिंह ले नव-निर्वाचित गाउपालिका अध्यक्ष उदय प्रसाद यादव द्वारा गराइएको पद तथा गोपनियता को सपथ ग्रहण कार्यक्रम मा आफ्नै गाउँ -ठाँउ का मातृभाषा भोजपुरी मा सपथ लिएका छन।

नेता सिंह ले आफ्नो मातृभाषा को मान , सम्मान ,तथा पहिचान लगायत का विषयहरु लाई अझ उचाइ मा पुर्याउन का लागी भोजपुरी भाषा मा सपथ लिएको बताए ।

सपथ ग्रहण कार्यक्रम लाई सम्बोधन गर्दै नव-निर्वाचित वाडा अध्यक्ष नेता अरुण सिंह ले देवताल गाउँपालिका लाई कानुनी हैसियत याहा का जनता ले दिलाएका हुन आरू कसैले दिलाएका होइनन् भन्दै यश गाउँपालिका का जनता को लागी दिन-रात न सुतिकन चौबीसै घन्टा खटन को लागी त्यार रहने छु भनी आफ्नो प्रतिबद्धता व्यक्त गरे थिए।

Leave A Reply

Your email address will not be published.