श्यामल कुमार गिरी
११ जेठ बारा । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका सिम्रौनगढ नगरपालिकाका जनप्रतिनिधिहरुको पद तथा गोपनियताको सपथ ग्रहण तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
नव निर्वाचित जनप्रतिनिधिहरुलाई सिम्रौनगढ नगरपालिकाका निर्वाचित अध्यक्ष किशोरी प्रसाद कलवारले सपथ गराएका छन् । बुधबार नगरपालिकाको सभाहलमा एक कार्यक्रम गरि नवनिर्वाचित उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुले सपथ ग्रहण गरेका हुन् ।पालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रममा सम्पूर्ण वडाध्यक्ष र सदस्यहरुलाई पालिका अध्यक्ष किशोरी प्रसाद कलवार र उपाध्यक्ष ले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष किशोरी प्रसाद कलवारको अध्यक्षता तथा उपाध्यक्ष नजमु शेहरको विशिष्ट अतिथियतामा भएको थिएको कार्यक्रममा नगरपालिका अध्यक्ष किशोरी प्रसाद कलवार , उपाध्यक्ष , वडा अध्यक्ष नगरपालिकाको कानूनी सल्लाहकार लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए ।
सपथ ग्रहण कार्यक्रममा सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रसाशकीय प्रमुख हरिओम प्रसाद जयसवाल , नगरपालिकाका सम्पूर्ण कर्मचारी , सञ्चारकर्मी, सुरक्षाकर्मी, भरभलादमी लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । जनप्रतिनिधिहरु वफादार भएर काम गर्न कार्यक्रमका अतिथिहरुले सुझाव दिएका छन् ।
‘म मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु, ईश्वर–देश र जनताको नाममा शपथ लिन्छु कि नेपालको राजकीय र सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रहँदै प्रचलित कानुनको अधीनमा रही मुलुक र जनताको सोझो चिताई, कसैको डर नमानी, पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई पदीय गोपनीयता कायम राखी इमानदारिताका काम साथ गर्नेछु’, जनप्रतिनिधिहरुको सपथमा भनिएको छ ।
नगरपालिकामा निर्वाचित अध्यक्ष किशोरी प्रसाद कलवारले अझको पद भार ग्रहण गर्दा फस्ट निर्णयमा मिडिया संग प्रतिव्द्ता गर्नु भएको छ की अझको दिन देखी नगरपालिकाको कृषि मिटर को बिल पालिकाले बेहवर्ने हो र पालिका भरिको ३२ वटा सामुदायिक विद्यालय मा कक्षा नर्सरी देखी ३ सम्म इंगलिस मेडिएममा भोलि देखि कक्षा संचालन गर्ने हो र उक्त शपथग्रहण गरेका सम्पूर्ण जनप्रतिनिधिलाई एक आपसमा विवाद न गरी सयलिंता को साथ अगाडी बढी आफु संग सक्दो जति काम ली वार्ड को विकास कसरी हुन्छ एक आपस मा मेल मिलाप गरी कार्य अगाडी बढाउने अग्रह पनि गरेका थिए ।