राजनीतिसमाचार

महागढिमाई नगरपालिकामा नव निर्वाचित जनप्रतिनिधिको ले लिए सपथ ग्रहण

श्यामल कुमार गिरी 

१४ जेष्ठ बारा । बारा जिल्लाको महागढिमाई नगरपालिकामा नव निर्वाचित जनप्रतिनिधिहरुले एक कार्यक्रम बिच सपथ ग्रहण गरेको छ ।

 

उक्त कार्यक्रम नेपाली काङ्ग्रेस मधेस प्रदेश उप सभापति चन्द्र शेखर यादवको प्रमुख आतिथ्यमा नेपाली काङ्ग्रेस पार्टीबाट पुन निर्वाचित भएका नगर प्रमुख मेयर उपेन्द्र प्रसाद यादवले नव निर्वाचित उप प्रमुख तारा देबि कानु सहित ११ वटै वडा अध्यक्ष र वडा सदस्यहरुलाई सपथ खुवाएका हुन ।

कार्यक्रममा नव निर्वाचित मेयर यादवले कार्यक्रममा सम्बोधन गर्ने क्रममा नगरपालिकाका समस्त जनतालाई धन्यवाद दिदै नगरपालिकाको अधुरो सबै कामलाई पुरा गर्ने जिम्मेवारीलाई पूरा गर्ने बताए । वहाँले हिजोको बच्न आफुले पूरा गर्ने बताए ।

 

नव निर्वाचित जनप्रतिनिधिहरुलाई फुल माला अबिर लगाएर स्वागत गर्दै सम्मान गरिएको छ ।कार्यक्रममा काङ्ग्रेस बाराका सचिव भैयाराम यादव,शिक्षक संघ बाराका अध्यक्ष परमहन्श यादव,समस्त पार्टी प्रतिनिधि,नागरिक समाजका अगुवा,सन्चारकर्मी सहित हजारौ नगरबासिको उपस्थितिमा महागढिमाई नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत महमद सेरे मुस्तुफाले स्वागत गरेको थिए भने कार्यक्रमको सन्चालन शिक्षा शाखाको प्रमुख रामबिश्वास चौरसियाले गरेका थिए

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button