समाचार

सुदूरले कर्णाली याक्सलाई दियाे १७७ रनकाे लक्ष्य

काठमाडौं, २० कात्तिक । नेपाल प्रिमियर लिगअन्तर्गत शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १७७ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ६ विकेटको क्षतिमा १७६ रनको योगफल बनायाे। टोलीका लागि ओपनरद्वय शैफ जैब र विनोद भण्डारीले क्रमशः ३५ र २७ रन बनाए।

ब्रान्डन मेकमुलन २४, इशान पाण्डे २३ र थरिन्दु रत्नायके (नटआउट)ले २२ रनको योगदान गरे। कर्णालीका लागि मार्क वाटले दुई तथा नन्दन यादव र हुसेन तलतले समान एक विकेट हात पारे। आज दुवै टाेली जितेर प्लेअफमा आफ्नाे स्थान सुरक्षित बनाउन चाहन्छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button