श्यामल कुमार गिरी
बारा/ देवताल/जेष्ठ ९ गते
स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्त्रगत वैशाख ३० गते भएको निर्वाचनमा निर्वाचित भएका बाराको देवताल गाउँपालिकाको जनप्रतिनिधिहरुलाई पद तथा गोपनियताको सपथग्रहण गराइएको छ ।
देवताल गाउँपालिका प्रमुख उदय प्रसाद यादबले जिल्लाका मुख्य निर्वाचन अधिकृतबाट सपथ लिएका थिए । उनले गाउँपालिका पुगेर कार्यभार सम्हालिसकेका छन । कार्यभार समाले लगते आफ्नो गाउँपालिकामा देवताल गाउँपालिका प्राङ्गणमा सोमबार आयोजित सपथ ग्रहण कार्यक्रममा जसपाबाट पालिका प्रमुखमा निर्वाचित यादबले उपमेयर यादव सहित सबै वडाका जनप्रतिनिधिहरुलाई सामुहिक रुपमा पद तथा गोपनियताको सपथग्रहण गराएका हुन ।
सपथग्रहण गरेसँगै सोमबार नै जनप्रतिनिधिहरु आ आफना कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन ।
नवनिर्वाचित पालिका उपप्रमुख सहितका जनप्रतिनिधिहरुलाई सपथ ग्रहण गराउँदै पालिका प्रमुख यादबले जनताको भावना र चाहनालाई बुझेर जनताको सेवामा लाग्न नवनिर्वाचित जनप्रतिनिहरुलाई आग्रह गरेका थिए ।
उनले जनताले विकास निर्माण लगाएत कार्यको अनुभूति गर्ने गरी भूमिका निर्वाह गर्न आग्रह गरे ।
पदभार ग्रहण पछि नवनिर्वाचित जनप्रतिनिधिले पार्टी र व्यक्तिगत एजेण्डा नभएर समग्र पालिकाका जनताको एजेण्डा लिएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण पश्चात् बोल्दै स्थानिय तहमा कुनै सत्ता पक्ष र प्रतिपक्ष नहुने र दलगत एजेण्डा भन्दा माथि उठेर जनताको काम गर्ने बताएका छन् ।
नवनियुक्त जनप्रतिनिधिलाई सबैको साझा भएर काम गर्न जनताले सुझाव तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।
जनताले जनप्रतिनिधी कुनै एक पार्टीबाट विजयी भएपनि उसले आफ्नो कार्य सम्पादन गर्दा सबैलाई साझा रुपले हेर्नुपर्ने भन्दै, स्थानीय तहमा पनि साझा बन्नुपर्ने सुझाव दिएका छन् । समग्र पालिकाको विकासमा आफुले पनि गाउँपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने मेयर यादबले प्रतिवद्धता जनाए ।
जनताको मतको कदर नगर्ने अधिकांश पालिकाका यसअघिकार मेयर, उपमेयर र वडा अध्यक्षहरुलाई जनताले तह लगाइदिएको बताउँदै निर्वाचित भएपछि जनताको मालिक नभई सेवक बनेर काम गर्न नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सुझाव दिएका थिए ।