Banner News

प्रहरीलाई सवारी साधन हस्तान्तरण

सुभाष कायस्थ 

जनकपुरधाम, ८ भदौ । मधेश प्रदेश सरकारले प्रदेशको शान्तिसुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उद्देश्यले नेपाल प्रहरीलाई १२ वटा पिकअप जिप उपलब्ध गराएको छ । 

 

गृह, सञ्चार तथा कानुन मन्त्रालयले खरिद गरेका ती सवारीसाधन सोमबार गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले नेपाल प्रहरीलाई एक समारोहका बीच हस्तान्तरण गरेका हुन् ।

 

मन्त्री महतोले प्रदेशको शान्ति सुरक्षा प्रभावकारी बनाउने उद्देश्यले आठवटै जिल्ला प्रहरी कार्यालय र चारवटा इलाका प्रहरी कार्यालयलाई दिने गरी सवारीसाधन उपलब्ध गराइएको बताएका छन् । 
उनका अनुसार ती सवारी साधन आठ वटै जिल्लासहित इप्रका चन्द्रपुर, गरुडा, गोडैता र गडहिर्या  पनि एक–एक वटा पिकअप जिप प्रदान गरिएको छ ।

 

सम्बन्धित प्रहरी कार्यालयले सवारीसाधन हस्तान्तरण गर्दै मन्त्री महतोले प्रहरी परिचालनको क्षमता विस्तार तथा शान्तिसुरक्षा र अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउनमा सहयोग पुग्ने बताए ।

 

सो सवारी साधन हस्तान्तरण कार्यक्रममा मन्त्रालयका सचिव विन्देश्वरीप्रसाद लेखक, मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीलगायत प्रहरी तथा मन्त्रालयका अधिकारीहरूको उपस्थिति रहेको थियो ।
प्रदेश सरकारले उपलब्ध गराएका पिकअप जिप मूल्य प्रतिगाडी भ्याटसहित ३९ लाख ५ हजार रुपैयाँका रहेको मन्त्रालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button