Uncategorizedखेलकुदमलेसिया बिशेषसमाचारसमाज

१० औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी खेलाडीलाई नेपाली राजदूतावास द्वारा स्वागत।

क्वालालम्पुर:=मलेसियाको सारावाक राज्यस्थित कुचिङ शहरमा सन् २०२५ अगस्ट १ मा सम्पन्न १० औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (G4) मा सहभागिता जनाएका नेपाली खेलाडीहरूलाई मलेसियास्थित नेपाली राजदूतावास, क्वालालम्पुरले विशेष स्वागत तथा सम्मान गरेको छ।

नेपाली फुटबल एसोसिएसन र हिमालयन एकेडेमी मलेसियाका अध्यक्ष सन्तोष भट्टको समन्वयमा दूतावास पुगेका खेलाडीहरूलाई राजदूत नेत्र प्रसाद तिमल्सिनाले आत्मीय स्वागत गर्दै उनीहरूको उल्लेखनीय प्रदर्शनप्रति प्रशंसा व्यक्त गरे।

राजदूत तिमल्सिनाले खेलाडीहरूसँगको भेटमा उनीहरूले देखाएको मेहनत, समर्पण र आत्मविश्वासको खुलेर प्रशंसा गरे। साथै, उनले भविष्यमा अझ उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई गौरवान्वित पार्न सफल होऊन् भन्ने शुभकामना पनि व्यक्त गरे।

यस प्रतियोगितामा नेपाली खेलाडी पलेशा गोवर्धनले महिलातर्फ ५७ केजी तौल समूहको K-44 वर्गमा प्रतिस्पर्धा गर्दै कास्य पदक जित्दै नेपालको नाम उच्च राखिन्।

उनका साथै प्रतियोगितामा सहभागी अन्य खेलाडीहरूमा भरत सिंह महता, अमिर भ्लोन, रेनु तामाङ, कामना प्रसाईं, प्रशिक्षक कबिराज नेगी लामा, राष्ट्रिय खेलकुद परिषद् सदस्य रामचन्द्र श्रेष्ठ, तथा हिमालयन एकेडेमीका प्रतिनिधि सन्तोष भट्ट रहेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button