राजनीतिसमाचारसमाजस्थानीय

आदर्श कोतवाल–१ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, कन्हैयालाल प्रसाद सभापतिमा चयन

बारा । नेपाली कांग्रेस आदर्श कोतवाल गाउँपालिका–१ को वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट कन्हैयालाल प्रसादको सभापतित्वमा १३ सदस्यीय वडा समिति चयन गरिएको छ।

नेपाली कांग्रेसको क्षेत्रीय सचिव मुना पटेलको अध्यक्षतामा सम्पन्न अधिवेशनले उमेश्वर प्रसाद जैसवार र दुरपति देवी कुर्मिनलाई उपसभापतिमा चयन गरेको छ। त्यस्तै कृष्ण बैठा सचिव र भागरीत पटेल सहसचिवमा चयन भएका छन्।

युवा नेता कन्हैयालाल प्रसादका अनुसार अधिवेशनबाट वडा समितिका अन्य सदस्यहरूसहित १३ सदस्यीय समिति चयन गरिएको हो।

अधिवेशनमा नेपाली कांग्रेसका स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले पार्टी संगठनलाई वडा तहदेखि थप सुदृढ र सक्रिय बनाउनुपर्नेमा जोड दिएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button