समाचार

सुनको मूल्य तोलामा ५९ सय रुपैयाँले घट्यो

काठमाडौं, २० कात्तिक । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उच्च गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५९ सय रुपैयाँले घटेको हो । आज सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार रुवैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुनको मूल्य १३ हजार तीन सय रुपैयाँले बढेर दुई लाख ८८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । 

आज चाँदीको मूल्यमा पनि उच्च गिरावट आएको छ । आज चाँदी तोलामा ११० रुपैयाँले घटेर तीन हजार आठ सय १० रुपैयाँ कायम भएको छ । हिजो चाँदी ३ हजार ९२० रुपैयाँमा किनबेच भएको थियो । 
 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button