समाचार

भदौ महिनामा सुर्खेतमा दुर्घटनामा परि पाँचको मृत्यू, ६४ घाईते

सुर्खेत, ४ असोज । 
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भदौ महिनामा मात्रै पाँच जनाको सवारी दुर्घटनामा परि मृत्यू भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक रोहित कुमार शाहीका अनुसार जिल्ला भर यो अवधीमा ४८ ओटा दुर्घटना हुँदा पाँच जनाको मृत्यू भएको हो भने ६४ जना घाईते भएका हुन । 

यी दुर्घटना मध्ये झण्डै ९४ प्रतिशत सवारी चालकको लापरवाहीका कारण दुर्घटना भएको उनको भनाई छ ।

कार्यालयले यो महिना ४८५ ओटा स्थानमा चेकजाँच गरेर ८५२ ओटा सवारी साधनलाई कारवाही गरि ८ लाख २९ हजार पाँच सय रुपैंया राजश्व संकलन गरेको छ ।

‘हामीले ३१४ ओटा सचेतना कार्यक्रम गरेर ३१ हजार ५५१ जनालाई कक्षा दिएका छौँ भने रातो नम्बर प्लेटका २६ ओटा सवारी साधनलाई कारवाहीसमेत गरेका छौँ ।’ उनले भने, ‘एक सय १७ ओटा सवारी साधनको झ्यालमा राखेका कालो प्लाष्टिक हटाइएको छ भने १०१ ओभरलोड भएका सवारी सधानलाई कारवाही गरिएको हो ।’

 

उनका अनुसार अनलाईन मार्फत गुनासो आएका पाँच ओटा सवारी साधनलाई कारवाहीसमेत गरिएको हो । 
 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button