समाचार

कर्णालीमा रोपियो झण्डै एक हजार विरुवा, संविधान दिवस सप्ताह पुरा 

सुर्खेत, ४ असोज । 
कर्णाली प्रदेशका दश ओटा जिल्लामा आज एक हजार भन्दा बढी विरुवा रोपिएको छ । 

संविधान दिवस सप्ताह अन्र्तगत उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्र्तगत रहेका ११ ओटा डिभिजन वन कार्यालयले सो परिमाणमा वृक्षारोपण गरेका हुन ।

वीरेन्द्रनगरमा सम्पन्न वृक्षारोपण कार्यक्रममा सामाजिक विकास मन्त्री जीतबहादुर मल्ल, आर्थिक मामिला तथा योजना मन्त्री टेकराज पछाई, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मिलन खड्का, उर्जा मन्त्री कलबहादुर हमाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जुम्कित लामासहित प्रदेश सरकारका पदाधिकारीहरु सहभागि रहेका थिए ।

डिभिजन वन कार्यालय सुर्खेतका प्रमूख राधाकृष्ण दासले आज ८० ओटा विभिन्न प्रजातीका बहुमूल्य विरुवा रोपिएको बताए ।

‘हामीले यहाँ विभिन्न प्रजातीका ८० ओटा विरुवा रोपेका छौँ ।’ उनले भने, ‘जसमा कपुर, गुलमोहर, कल्की र वीरेन्द्र फुल रहेका छन् । यी सबै २०/२० ओटाको दरमा रोपिएका हुन ।’

यता, सरकारका प्रवक्ता एवम उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री कल्याणी खड्काले बाँझो जमिनलाई हराभरा बनाउन यो अभियान सुरु गरिएको बताईन ।

‘कर्णालीका बाँझो जमिनमा बहुमूल्य वनस्पति लगाउने योजना बनाएका थियौँ । सोही अनुसार हामीले आज संविधान दिवस सप्ताह अनुसार प्रदेश भरका एघार ओटा डिभिजन वन कार्यालयामार्फत हामीले एक हजार भन्दा बढी विरुवा वृक्षारोपण गरेका हौँ ।’ 
 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button