समाचार

सिरहामा अवैध रूपमा ग्राभेल उत्खनन: ६ टिपर र जेसिबी नियन्त्रणमा

सिरहामा अवैध रूपमा ग्राभेल उत्खनन तथा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ६ वटा टिपर र एउटा जेसिबी नियन्त्रणमा लिएको छ।

 

गोलबजार नगरपालिका–१ बलडाँडा मुसहर बस्तीस्थित सहदेव यादवको जग्गामा अवैध रूपमा ग्राभेल उत्खनन भइरहेको विशेष सूचनाका आधारमा बिहीबार राति प्रहरीले छापा मारेको थियो।

 

इलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी बल (सुरक्षा बेस गोलबजार) को संयुक्त टोलीले राति करिब ८:३० बजे छापा मार्दा ग्राभेल लोड गरिएका सवारीसाधन फेला परेका हुन्।

 

नियन्त्रणमा लिइएका सवारीसाधनमा को १ ख ४१५७, प्र.२–०१–००१ क ०१७०, म.प्र.०२–००१ क ०२८५, मे १ क ६५०, म.प्र.०३–००१ क ३०२८ र म.प्र.०३–००१ क ३२३५ नम्बरका टिपर तथा ज १ क ०७५२ नम्बरको जेसिबी रहेका छन्।

 

सवारीसाधनहरूलाई हाल सशस्त्र प्रहरी बल सुरक्षा बेस गोलबजारमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं डीएसपी रमेशबहादुर पालले जानकारी दिए। उनका अनुसार घटनास्थलबाट फरार चालकहरूको खोजी भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button