नेपालमै के ब्युटिको अन्तर्राष्ट्रिय सीप, कोरियाली विशेषज्ञ मि क्युङ सियोबाट प्रत्यक्ष प्रशिक्षण

३० नोभेम्बरमा जर्मन होम होटलमा ‘के ब्युटि’ सेमिनार,अन्तर्राष्ट्रिय स्तरको यो अवसर नछुटाउन संचालक गणेश केसिको आग्रह
काठमाडौं, कोरियन सौन्दर्य प्रविधि ‘के ब्युटि’ विश्व बजारमा आफ्नो प्रभाव विस्तार गरिरहेको बेला नेपालमा पनि यसको व्यावसायिक प्रशिक्षणको ढोका खुल्ने भएको छ। अन्तर्राष्ट्रियस्तरको आधुनिक सौन्दर्य प्रविधि नेपालमै सिकाउने उद्देश्यसहित ओपाल ग्लोबल स्किल्स एकेडेमीले विशेष ‘के ब्युटि’ सेमिनार आयोजना गर्न लागेको हो। 
नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको ‘के ब्युटि’ प्रविधिबारे प्रत्यक्ष प्रशिक्षण र व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको सेमिनारमा कोरियाली ब्यूटी विशेषज्ञ मि क्युङ सियोले सहभागीलाई प्रशिक्षण दिनेछिन्। सौन्दर्य क्षेत्रमा नयाँ प्रविधि भित्र्याउँदै नेपाली युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने लक्ष्यका साथ सेमिनार आयोजना गरिएको आयोजकले जनाएको छ।
ओपाल ग्लोबल स्किल्स एकेडेमीका सञ्चालक, गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपमहासचिव एबम अस्ट्रेलियाका सफल ब्याबसायी गणेश केसीका अनुसार ३० नोभेम्बरमा गठ्ठाघरस्थित जर्मन होम होटलमा हुने सेमिनारमा मि क्युङ सियोले ‘के ब्युटि’का आधुनिक प्रविधि र त्यसको व्यावहारिक प्रयोगबारे प्रत्यक्ष प्रशिक्षण दिनेछिन्।
कोरियाको बोमडाम ब्युटि र ‘के ब्युटि’सँग सम्बन्धित विशेषज्ञ मि क्युङ सियोको सहभागिताले सेमिनारलाई थप महत्वपूर्ण बनाउने आयोजकको विश्वास छ। ‘के ब्युटि’ विश्वभर तीव्र गतिमा विस्तार भइरहेको र यसको माग नेपालमा समेत बढ्दै गएकाले सौन्दर्य व्यवसायमा आबद्ध तथा यस क्षेत्रमा करियर बनाउन चाहनेहरूका लागि सेमिनार महत्वपूर्ण अवसर बन्न सक्ने केसीले बताए।
‘अन्तर्राष्ट्रियस्तरको ब्यूटी सीप सिक्न नेपालीहरू विदेश जानुपर्ने अवस्था थियो। अब त्यही प्रविधि र ज्ञान नेपालमै उपलब्ध गराउने प्रयास गरेका छौँ,’ केसीले भने, ‘यसबाट सौन्दर्य व्यवसायीले आफ्नो सेवा विस्तार गर्न र नयाँ पुस्ताले यही क्षेत्रमा व्यावसायिक करियर बनाउन सक्नेछन्।’
दिनभर सञ्चालन हुने सेमिनारमा Lash Perm, Aesthetic Care, Laser, Carbon Peeling तथा Semi-Permanent Makeup लगायतका आधुनिक सौन्दर्य प्रविधिबारे प्रशिक्षण दिइनेछ। सैद्धान्तिक जानकारीसँगै व्यावहारिक पक्षलाई समेत प्राथमिकता दिइने आयोजकले जनाएको छ।
सेमिनारमा सहभागी हुन ६ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। टिकट खल्ती एप वा आयोजक संस्थाले उपलब्ध गराएको क्यूआरमार्फत लिन सकिनेछ। कार्यक्रममा अधिकतम २५० जनासम्म सहभागी हुन पाउनेछन्। प्रशिक्षणमा सहभागी सबैलाई कार्यक्रम सम्पन्न भएपछि अन्तरास्ट्रिय स्तरको प्रमाणपत्र प्रदान गरिनेछ।
विशेषगरी स्किन केयर व्यवसायी, ब्यूटी व्यवसायी, सैलुन सञ्चालक तथा सौन्दर्य क्षेत्रमा भविष्य बनाउन चाहने युवायुवतीलाई लक्षित गरिएको सेमिनारले व्यवसाय विस्तारका लागि नयाँ सम्भावनासमेत खोल्नेछ।
सेमिनारबाट छनोट हुने २० जनालाई ओपाल ग्लोबल स्किल्स एकेडेमी, मैतीदेवीमा थप अध्ययन तथा प्रशिक्षणको अवसर प्रदान गरिनेछ। यसले एकदिने सेमिनारलाई केवल जानकारीमूलक कार्यक्रममा सीमित नराखी थप व्यावसायिक सीप विकासको अवसरसँग जोड्ने आयोजकको भनाइ छ।
ओपाल ग्लोबल स्किल्स एकेडेमीले यसअघि पनि मि क्युङ सियोको सहभागितामा निःशुल्क ‘के ब्युटि’वेविनार सञ्चालन गरिसकेको छ। वेबिनारमा सहभागीलाई कोरियन सौन्दर्य प्रविधि, आधुनिक सौन्दर्य सेवाका अभ्यास तथा यस क्षेत्रमा करियर निर्माणका सम्भावनाबारे जानकारी दिइएको थियो।
एकेडेमीले ‘के ब्युटि’ सम्बन्धी अन्तर्राष्ट्रियस्तरको तालिम तथा प्रमाणपत्रको अवसर नेपालमै उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ। ‘के ब्युटि’ सम्बन्धी प्रमाणपत्र कोरियाली विश्वविद्यालयबाट प्राप्त गर्ने अवसरसमेत उपलब्ध हुने जनाइएको छ।
‘International Standards Beauty Academy in Nepal’
अन्तरास्ट्रिय स्तरको ब्युटी एकेडमीको अवधारणासहित अघि बढेको ओपाल ग्लोबल स्किल्स एकेडेमीले नेपाली युवालाई विश्वस्तरीय सौन्दर्य क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्तिका रूपमा विकास गर्ने लक्ष्य लिएको छ।
काठमाडौंको मैतीदेवी, सेतोपुलमा रहेको एकेडेमीले आधुनिक सौन्दर्य प्रविधिलाई व्यावसायिक सीपसँग जोड्दै रोजगारी र स्वरोजगारका अवसर विस्तार गर्ने अभियान अघि बढाएको जनाएको छ। ३० नोभेम्बरमा हुने ‘के ब्युटि’ सेमिनारले नेपालमा कोरियन सौन्दर्य प्रविधिको व्यावसायिक प्रशिक्षण र बजार विस्तारका लागि नयाँ आधार तयार गर्ने अपेक्षा गरिएको छ।



