बाराका एसपी नरेन्द्र कुँवरको सरुवा, नयाँ एसपीका रूपमा कुमार विक्रम थापा आउँदै

कलैया, बारा । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरको सरुवा भएको छ। उनको स्थानमा प्रहरी उपरीक्षक कुमार विक्रम थापा आउने भएका छन्।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग (कर्मचारी प्रशासन शाखा) ले प्रहरी उपरीक्षकहरूको सरुवा तथा काजसम्बन्धी निर्णयअनुसार थापालाई जिल्ला प्रहरी कार्यालय बारा सरुवा गरेको हो।
प्राप्त आधिकारिक पत्रअनुसार कुमार विक्रम थापा यसअघि नेपाल प्रहरी अस्पताल, प्रशासनतर्फ महाराजगञ्ज, काठमाडौंमा कार्यरत थिए। उनलाई जिल्ला प्रहरी कार्यालय बारामा खटाइएको छ।
त्यस्तै, बारामा कार्यरत एसपी नरेन्द्र कुँवरको सरुवा गरिएको पत्रमा उल्लेख छ।नयाँ प्रहरी प्रमुखको आगमनसँगै जिल्लाको शान्ति सुरक्षा, सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, चोरी तस्करी तथा अपराध नियन्त्रणमा कस्तो प्रभावकारी भूमिका निर्वाह हुन्छ भन्ने विषयमा चासो बढेको छ।




