समाचार

वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंहको अध्यक्षतामा महाआरती कार्यक्रम सम्पन्न

वीरगंज, ०१ फाल्गुन

वीरगञ्जको पिपरा स्थित पशुपतिनाथ मन्दिरमा भारतको काशी विश्वनाथका मुख्य पुजारी पण्डित डा.श्रीकान्त मिश्र, जानकी मन्दिरका महन्थ रोशन दास जी महाराजको सानिध्यमा वीरगञ्जमै पहिलो पटक प्रवचन तथा महाआरती भब्यताका साथ सम्पन्न भएको छ ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा सम्पन्न महाआरती कार्यक्रममा विभिन्न धामबाट आउनु भएका साधु तथा महन्थहरु, महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल लगायत बारा पर्सा तथा छिमेकी मुलुक भारतबाट समेत भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो भने वीरगन्ज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलम ले धार्मिक स्थलहरुको विकास र विरगन्जलाई पर्यटकिय स्थलको रुपमा विकास गर्ने हाम्रो प्राथमिकता रहेको कुरा जानकारी गराउनु भयो साथै काठमाडौ पशुपतिनाथ मन्दिर जान नसक्ने व्यक्तिहरु पिपरामा रहेको पशुपतिनाथको मन्दिरमा दर्शन गर्न आग्रह गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button