पुजन काफ्लेको नयाँ तीज गीत ‘तीजको लहरा आउँदा बरीलै’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा सांगीतिक बजारमा नयाँ तीज गीतहरूको रौनक थपिएको छ। यसै क्रममा गायिका पुजन काफ्लेको स्वर र बिना राउतको मुख्य अभिनयमा तयार पारिएको नयाँ तीज गीत ‘तीजको लहरा आउँदा बरीलै’ सार्वजनिक भएको छ।

पुजन काफ्लेको आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो।

गीतमा चेली र माइतीबीचको आत्मीय सम्बन्ध, आमाले पकाएको दरको मीठो सम्झना, र तीजको अवसरमा दिदीबहिनीहरू भेला भई खुसी साट्ने नेपाली परम्परागत संस्कृतिलाई सुन्दर ढंगले उतारिएको छ। शब्द र संगीतमा आमा-बुबाको माया, परदेशी भाइको सम्झना तथा पारिवारिक सम्बन्धको महत्त्व समेटिएको छ।

गीतको शब्द तथा स्वर स्वयं पुजन काफ्लेको रहेको छ भने संगीत जीआर बानियाँले तयार पारेका हुन्। गीतको संगीत संयोजन (एरेन्ज) सन्तोष प्रगाढले गरेका हुन् भने मिक्सिङ र मास्टरिङ सञ्जय श्रीपालको रहेको छ। गीतको रेकर्डिङ मुर्छङ्गा डिजिटलमा गरिएको हो।

भिडियोतर्फ, शिवन पोखरेलको निर्देशन तथा कोरियोग्राफी रहेको छ भने सहायक कोरियोग्राफरको भूमिका दिपेश एसकेले निभाएका छन्। भिडियोमा बिना राउतको मुख्य अभिनय र नृत्य देख्न सकिन्छ। साथै, भिडियोमा यज्ञबहादुर काफ्ले, मैयादेवी काफ्ले, भीम थापा, दर्पण भुजेल, समीक्षा केसी र रोशनी बराल लगायतका कलाकारहरूको अभिनय रहेको छ।

भिडियोको छायांकन दीपाल गिरीले गरेका हुन् भने सम्पादन तथा रङ संयोजन (कलर) मिलन विश्वकर्माले गरेका छन्। भिडियोको लगानी तथा निर्माण पुनम काफ्ले, यज्ञबहादुर काफ्ले र मैयादेवी काफ्लेले गरेका हुन्। सम्झना बुटिकको पहिरन र सरोज बुढाथोकीको मेकअपले भिडियोमा थप आकर्षण थपेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *