नेपाली जनसम्पर्क समिति मलेसियाको छैटौँ बैठक सम्पन्न, गणेश क्षेत्री प्रवक्ता र तिलोचन गौतम सह–कोषाध्यक्ष

क्वालालम्पुर, मलेसिया । नेपाली जनसम्पर्क समिति मलेसियाको छैटौँ बैठक सभापति चोलाकान्त पंगेनीको सभापतित्वमा महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ।
बैठकले नेपाली जनसम्पर्क समिति मलेसियाका सांगठनिक गतिविधिलाई थप व्यवस्थित, प्रभावकारी र गतिशील बनाउने विषयमा छलफल गर्दै संगठनलाई थप सुदृढ बनाउने निर्णय गरेको जनाइएको छ। 
बैठकको महत्वपूर्ण निर्णयअनुसार गणेश क्षेत्रीलाई प्रवक्ता तथा तिलोचन गौतमलाई सह–कोषाध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ। उक्त निर्णयबारे समितिका महामन्त्री सरोज दाहालले जानकारी दिएका हुन्।
नयाँ जिम्मेवारी पाएका दुवै पदाधिकारीलाई संगठनले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। संगठनका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउन, नेपाली समुदायका सवाललाई प्राथमिकताका साथ उठाउन तथा समितिलाई थप सक्रिय र सुदृढ बनाउन नवनियुक्त पदाधिकारीको भूमिका महत्वपूर्ण रहने अपेक्षा गरिएको छ।



