Uncategorized

जसपा नेपालका युवा नेता शिव कुमार साह द्वारा सामुदायिक भवनको शिलान्यास

पर्सा, २४ भाद्र

जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश परिषद सदस्य शिव कुमार साहले एक समारोहका विच सामुदायिक भवनको शिलान्यास गरेका छन । रु. २५ लाखको लागतमा निर्माण हुने भवन ३ महिना भित्रमा सम्पन्न गर्ने गरि उपभोक्ता समितीले जनाएको छ । जन्ती सहितका गैर शैक्षिक क्रियाकलापहरू विधालयमा नगरि जन्ती सहितका समाजिक कार्यहरू सामुदायिक भवनमा गर्न उद्देश्यले प्रदेश सरकारबाट ग्रामीण क्षेत्रमा सामुदायिक भवन निर्माण कार्य निरन्तर रुपमा जारी रहेको साहले बताए ।

पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका ६ न. वडा लखनपुरमा एक समारोहका विच सामुदायिक भवनको शिलान्यास गर्ने क्रममा बोल्दै मधेसी दलित आदिवासी जनजाति मुस्लिम महिला पिछडावर्गको अधिकारका लागि संघर्ष गर्ने एक मात्र पार्टी जसपा नेपाल रहेको कुरा बताएका छ्न ।

शिलान्यास कार्यक्रममा वडा अध्यक्ष मुना राउत कमकर, जसपा नेपाल क्षेत्र नं.३ का अध्यक्ष नागेन्द्र यादव, क्षेत्र नं.३ (क) उपाध्यक्ष सिकेन्द्र सहनी, नेता प्रमोद उपाध्याय, रामबाबु साह तेलि लगायत स्थानीय जनप्रतिनिधि, नागरिक सामाजका अगुवा, प्रहरी प्रशासन, पत्रकार एवं स्थानीयको उल्लेखनीय सहभागिता थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button