गैर आवासीय नेपाली संघ “एनआरएनएमलेसिया बिशेषसमाचारसमाज

राकेश प्रसाद महतो गैरआवासीय नेपाली संघ मलेसियाको अध्यक्षमा निर्वाचित

क्वालालम्पुर:=गैरआवासीय नेपाली संघ (NRNA) मलेसियाको नवौं अधिवेशन क्वालालम्पुरमा भव्य रुपमा सम्पन्न भएको छ। अधिवेशनबाट राकेश प्रसाद महतो निर्विरोध रुपमा संघको अध्यक्षमा चयन हुनुभएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा संघका पूर्वअध्यक्ष हरि भट्टराई तथा विशेष अतिथिका रूपमा संस्थापक अध्यक्ष शंकरबहादुर पौडेलको उपस्थिति रहेको थियो। कार्यक्रमको मुख्य आकर्षण नेपालबाट आमन्त्रित चर्चित गायक तथा संगीतकार राजनराज सिवाकोटीको विशेष सांगीतिक प्रस्तुति रह्यो। साथै, स्थानीय कलाकारहरूले पनि उत्साहजनक सांस्कृतिक प्रस्तुति दिए।

अधिवेशन विगत केही समयदेखि विवादित बनेको संघमा विद्यमान विभिन्न अवरोध र असहमतिकाबीच सम्पन्न भएको हो। असन्तुष्ट पक्षका पूर्वअध्यक्ष विनोद थाहा, निवर्तमान उपाध्यक्ष इन्द्रनारायण लिम्बुलगायत केही पदाधिकारीहरू भने अनुपस्थित रहे। नेपाली राजदूतावास मलेसियाका प्रतिनिधिहरूको उपस्थिति पनि कार्यक्रममा देखिएन।

प्रमुख अतिथि हरि भट्टराईले आफ्नो सम्बोधनमा अधिवेशन पूर्णतः विधानसम्मत रहेको र केही व्यक्तिहरूको असहमति लोकतान्त्रिक प्रक्रियालाई असर नपार्ने स्पष्ट पार्नुभयो।

नव निर्वाचित अध्यक्ष राकेश प्रसाद महतोको नेतृत्वमा आगामी कार्यकाल (२०२५–२०२७) का लागि २३ सदस्यीय कार्यसमिति चयन गरिएको छ। कार्यसमिति निम्नानुसार छ:

गैरआवासीय नेपाली संघ मलेसिया कार्यसमिति (२०२५–२०२७)

अध्यक्ष
• राकेश प्रसाद महतो

उपाध्यक्षहरू
• प्रथम उपाध्यक्ष राजु तामाङ
• नारायण अधिकारी
• विनोद पाण्डे
• अनिल कुमार चौधरी
• महिला उपाध्यक्ष: लिला मगर
• युवा उपाध्यक्ष: सन्तोष पौडेल

महासचिव
• विष्णु प्रसाद बराल

सचिवहरू
• उमेश कोइरी महतो
• रमेश पौडेल

कोषाध्यक्ष
• खेमराज खत्री

सह–कोषाध्यक्ष
• सुरेश कुमार देवकोटा

युवा संयोजक
• राजन हायु राई

महिला संयोजक
• शोभा कुमारी खड्का

सदस्यहरू
• हरि बहादुर बस्नेत
• कैलाश बिस्ट
• रुपेश बी.के
• बाबुराम थापा मगर
• टिपेन्द्र बुडा मगर
• इन्द्र प्रकाश भण्डारी
• छेवाङ लामा
• चित्र बहादुर थापा
• दीपक प्रसाद यादव

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button