NRNA अभियान बिफल पार्न लागि परेका हरुलाइ विधानको पाठ सिकायौ अधिबेशन सफल बनायौ हरि भट्टराई ।

75

मलेसिया :=एसिया प्यासिफिक क्षेत्रीय संयोजक हरि भट्टराईले एसिया प्यासिफिक क्षेत्रका सबै राष्ट्रिय समन्वय परिषदका सफलता पुर्बक राष्ट्रिय महाधिवेशन सम्पन्न गराएकोमा खुसी ब्यक्त गर्नु भएको छ ।

आज साझ सामाजिक जञ्जाल मार्फत एक स्टाटस लेख्दै महाधिवेशन सम्पन्न भएकोमा खुसी ब्यक्त गर्नु भएको छ ।

एसिया प्यासिफिक क्षेत्रीय संयोजक हरि भट्टराई द्वारा लेखिएको स्टाटस

एनआरएनए एसिया प्यासिफिक एक भएको सन्देश दिन सफल भयौ’

गैरआवासिय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक क्षेत्रबाट एकताको सन्देश दिन पाउनु हामी सबैको गौरव हो । एसिया प्यासिफिक क्षेत्रका सबै राष्ट्रिय समन्वय परिषद् (एनसीसी) NCC हरूले सफलता साथ राष्ट्रिय महाधिवेशन सम्पन्न समयमै ( July 30th 2025 ) भित्रै गरी नयाँ नेतृत्व चयन गरिसकेका छन्। यो उपलब्धिले हामीलाई अझ थप आत्मबल, एकता र साहसको प्रेरणा दिएको छ ।

एशिया प्यासिफिक क्षेत्रीय संयोजकको हैसियतमा यस्तो सन्देश दिन पाउँदा म आफै खुशी छु। यहा
व्यक्ति कहिलेकाहीं चुक्न सक्छ, तर संस्था सधैं शुद्ध र पवित्र रहन्छ । हाम्रो संस्था कुनै साधारण संरचना होइन—यो “श्रीमत भागवत गिता” जस्तै पवित्र, विधि विधानमा र हाम्रा
पूर्व, अग्रजहरूको योगदान र सपना बोकेको साझा सस्थाको एक धरोहर हो ।

हाम्रो अभियानलाई धुमिल बनाउने तत्वहरुलाई विधि विधानको सन्देशको पाठ सिकाउँदै !
असल मनोभावले संस्थाको मर्म अनुसार अगाडि बढनु पर्छ र एकताको विकल्प हामी माझ अरु केही छैन । अग्रजहरूको सपना, संघर्ष र समर्पणले बनेको यो संस्था लाई विभाजनको होइन, एकताको प्रतीक हो भने आज हामीले एसिया ( Asia Pacific Region) प्यासिफिक क्षेत्रबाट स्पष्ट सन्देश दिएका छौं, हामी एक भयौं, एक छौं र एकै रहनु हाम्रो संकल्प हो। यस भावनाले हामी सबैलाई अझ मजबुत बनाओस् । एकताको यो प्रकाश सारा संसारमा फैलियोस् ।

जय एनआरएनए ।

हरि प्रसाद भट्टराई
Asia Pacific Region RC
एसिया प्यासिफिक क्षेत्रीय संयोजक

Leave a comment