कला/साहित्यधर्म/संस्कृतिमलेसिया बिशेषसमाचारसमाज

पहिचान, परम्परा र प्रतिवद्धताको संगम: चौथो महाधिवेशन मलेसियामा सुरु”

कोलालम्पुर, मलेसिया | विश्वभरिका आदिवासी समुदायले मनाउने विश्व मूलवासी आदिवासी दिवस–२०२५ तथा नेपाल आदिवासी जनजाति महासङ्घ शाखा मलेसियाको चौथो राष्ट्रिय महाधिवेशनको सन्दर्भमा नेपालबाट विशेष अतिथिहरूको प्रतिनिधिमण्डल मलेसिया आगमन गरेको छ।

उक्त प्रतिनिधिमण्डलको कोलालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (KLIA) मा भव्य स्वागत गरिएको छ। स्वागत कार्यक्रममा मलेसियामा क्रियाशील विभिन्न जातीय संघ–संस्थाहरू, नेपाली समुदायका प्रतिनिधिहरू तथा नेपाल राजदूतावास मलेसियाका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

अतिथिहरूको स्वागत परम्परागत आदिवासी भेषभूषा, मालाले सजिएको स्वागत गेट, र सांस्कृतिक शैलीमा स्वागत सत्कार गरिँदै गरियो, जसले मौलिकता, एकता र गौरवको सन्देश सम्प्रेषण गरेको सहभागीहरूले बताएका छन्।

महाधिवेशनलाई थप गरिमामय बनाउन नेपालबाट आएका अतिथिहरूको उपस्थिति ऐतिहासिक रहनुका साथै प्रवासी भूमिमा आयोजना हुने आदिवासी अभियानलाई थप ऊर्जा र उत्साह प्रदान गरेको छ।

कार्यक्रम आयोजक संस्थाले समस्त आदिवासी जनजाति समुदाय, संघसंस्था, स्वयंसेवक, र सहयोगी मनहरूलाई आभार व्यक्त गर्दै सबैलाई महाधिवेशन सफल पार्न एकताबद्ध भइ अगाडि बढ्न आह्वान गरेको छ।

हाम्रो पहिचान, हाम्रो अधिकार, हाम्रो अस्तित्व — जय आदिवासी! जय जनजाति!

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button