गैर आवासीय नेपाली संघ “एनआरएनएफोटो ग्यलरीमलेसिया बिशेषरोचकविचारविचार/ब्लगसमाचारसमाज

राजु तामाङ योन्जन प्रवासमा समाजसेवाको क्षेत्रमा उदाउदै गरेका चम्किलो तार जस्तै एक समर्पित नेपाली हो ।

-विप्लवी तेन्जु योन्जन

मलेसिया :=वर्तमान समयमा समाजसेवा धेरै हुन थालेका छन्। सरकारी वा राज्य तहबाट हुने गरेका समाजसेवामा राज्यकै साधन, स्रोत, संयन्त्र आदि प्रयोग भइरहेको हुन्छ। त्यस्तो सेवामा वैयक्तिक जिम्मेवारीभन्दा राज्यप्रतिको दायित्वको औपचारिक भावना रहन्छ। राज्यबाट तलब वा अन्य सुविधा लिएर राज्यद्वारा नै निर्धारित वा लक्षित काममा इमानदार भएर राजनीतिक वा कर्मचारी संयन्त्रले काम गरेको भए राष्ट्रिय स्तरमै समाजसेवाका धेरै काम भइसकेका हुन्थे। जनताले हरेक क्षेत्रमा बेथिति र विसंगतिका पहाड देख्नु पर्ने थिएन। इतिहासदेखिकै यस्तो विडम्बना कायमै छ। राज्यस्तरीय सुविधाको न्यानो छाताभित्र रहेर चिसोले कठाङ्ग्रिएको भोको र नांगो नेपाली अनुहारलाई सेवा पु-याउन खोज्नेले पहिले आफूलाई नै बढी सुरक्षित राख्छ।
नेपालको राजनीतिक र प्रशासनिक क्षेत्रबाट ‘आम जनता’का लागि गरिँदै आएका ‘सेवा’ भनेको आफ्नै जागिर वा सुविधाप्रतिको न्यूनतम कार्यालयीय दायित्व वहन गराई मात्र हो भन्न सकिन्छ। सानो संख्यामा रहेका इमानदार कर्मचारी जागिरभन्दा जनतालाई बढी सम्झँदा पनि हुन्। कसैकसैले सम्झिएका पनि छन्, ती धन्य छन्। ती अपवाद हुन्। जागिरे मनस्थितिमा सामान्यतया समाजसेवाको उदार भावनाले महत्व नपाउनु स्वभाविक ठान्न पनि सकिएला, किनभने जागिर खानुमा वा सरकारी सेवामा प्रवेश गर्नुमा व्यक्तिसँगै उसका सामाजिक, आर्थिक बाध्यताका कारण पनि जोडिएका हुन्छन्। वास्तविक अर्थमा समाजसेवामा संलग्न रहने मानिस सरकारको सुरक्षित छहारीमा बस्न चाहँदैनन्। उनीहरू स्वतन्त्रतापूर्वक आ–आफ्नो रुचि र सामथ्र्य अनुसारका समाजसेवाका क्षेत्रमा क्रियाशील र समर्पित रहन्छन्। तर आफ्नो ब्यक्तिगत पुजी लगाएर समाज सेवा गर्ने ब्यक्ति दुनियाँमा बिरलै पाईन्छ। जस मध्येको एक चर्चित नाम हो राजु तामाङ योन्जन
विदेशी भूमिमा समाजसेवाको कार्यमा सतिसाल झै उभिएको एउटा नाम हो — राजु तामाङ योन्जन। प्रवासको माटोमा रहेर आफ्नो कामको भौतिक व्यस्तता र मानसिक चुनौतीबीच पनि जसले नेपाली समुदायको लागि सदैव समर्पण देखाएका इतिहास जिउदो छ, ती हुन् योन्जन । झापा बिर्तामोडको माटोबाट जन्मिएर मलेसियाको भूमिमा आफ्नो भविष्य निर्माणको निमित्त सदैव इमानदारका साथ अडिक भएर अगाडि बडिरहेको छ। कम्पनीको काम देखि सफल ब्यापार ब्याबसायिक तथा नेपाली खेल जगतलाई शिखर पुराउने लक्ष्यका साथ मलेसियामा नै एउटा ससक्त फुटबल क्लब दर्ता गराएर संचालित गरिरहेका RTFC क्लबका सस्थापक साथै अध्यक्ष समेत रहनु भएका योन्जनले मलेसिया विभिन्न क्षेत्रमा आफ्नो पहुच बढाउदै सामाजिक कार्यमा तृब रुपमा लागिरहेको छ। मलेसियामा रहेका नेपाली श्रमिकहरुको लागि सधै आफू जङ्गे पिल्लर भएर समर्पणको बाली रोपिरहेका राजुको जीवनशैली नै समाजसेवामा अडिएको छ। भन्दा कुनै फरक नपर्ला। विभिन्न काल खन्डमा मलेसियामा कामको सिलसिलामा विभिन्न खाले घटनामा वा बिरामी भै मृत्युु भएका नेपालिहरुको लास नेपाल पठाउन कानुनी कागज पत्र तथा रकम अभाव भएको बेला अबैधानिक वा बैधानिक होस जो कोहिको लास नेपाल पठाउने पहल देखि लाग्ने खर्च समेत आफैले बेहोरेको इतिहास छ। यसका ज्वालन्त उदाहरण हो भर्खरै बर्दिया जिल्ला बासी लाल बहादुर के:शीको लास ब्याबहारिसे अबस्थामा जस्तै रहेको थियो योन्जनले थाहा पाए पछि तुरुन्तै नेपाल पठाएको छ। यस्ता कार्य पटक पटक गरिरहनु भएको योन्जन भन्नू हुन्छ जे भए पनि मरि सके पछि कमसेकम आफ्नो देशको माटोमा जो कोहिको पार्थिक शरीर समर्पित होस त्यसैले म यस्ता लाशहरु नेपाल पठाउने गर्छु। यसो गर्दा मेरो आत्मा सन्तुष्टि मिल्छ।
दशक भन्दा बढी समयदेखि मलेसियामा कार्यरत योन्जनले प्रवासी जीवनका हरेक आरोह–अवरोहको नजिकबाट अनुभव बटुल्नु भएको छ। शून्यबाट सुरुवात गरी स्थायित्वको यात्रा तय गर्दै, उहाँले व्यक्तिगत प्रगति मात्रै होइन, समुदायकै उन्नतिको सपना बोकेर अनेकौं अभियानहरूमा होमिनु भयो।
समाजसेवा—उहाँको परिचय
पारिवारिक, आर्थिक र व्यावसायिक व्यस्तताबीच पनि योन्जन प्रवासी नेपालीहरूका सुख-दुखका साझेदार बनेर उभिनुहुन्छ। दुर्घटनामा परेकालाई उद्धार, मृतकको शव नेपाल पठाउने सहयोग, अस्पताल र कानुनी प्रक्रियामा सहयोग, श्रमिक हक र अधिकारका लागि पैरवी, शिक्षा तथा आपतकालीन राहत सहयोग—उहाँको नाम यी सबै क्षेत्रमा अग्रपंक्तिमा पर्छ।
संस्थागत भूमिका
उहाँ गैर-आवासीय नेपाली संघ (NRNA) मलेसिया का एक प्रभावशाली युवा बरिस्ठ उपाध्यक्ष हुनुहुन्छ। संस्थामा रहेर कार्यकारी तहमा भूमिका निभाउँदै आउनुभएको छ। साथै, नेपाल तामाङा घेदुङ् मलेसियाका सल्लाहकार तथा झापा एफ सि क्लबका ओनर तथा आर टि एफ सि क्लबका सस्थापक ,अध्यक्ष लगायत विभिन्न नेपाली समुदाय समाज मलेसिया, जस्ता विभिन्न सामाजिक संघसंस्थाहरूमा सक्रिय रहदै उहाँको उपस्थिति, सुझाव र सक्रियता प्रशंसनीय छ।
‘नेतृत्व होइन, सेवक बन्ने रहर’
नेता बन्ने रहर कहिल्यै थिएन, मलाई चाहिएको थियो सँगै हिँड्ने सहयात्री बन्ने अवसर,” उहाँ भन्नुहुन्छ। यही आत्माभावले गर्दा उहाँको बोलि भन्दा बढी कर्म बोलेको छ। उहाँ आफैंलाई “कार्यकर्ता” भन्दा बढी “सहयोगी” भन्न रुचाउनुहुन्छ।
चुनौतीबीचको विश्वास
प्रवासी भूमिमा न्याय पाउनु सजिलो छैन। कानुनी जटिलता, भाषिक अप्ठ्यारो, ठगिने डर—यी सबै कुराको बीचमा योन्जनले सयौं नेपालीहरूलाई न्याय दिलाउने प्रयास गर्नुभएको छ। कतिपय अवस्थामा उहाँले आफ्नै खर्चमा कानुनी सहयोग र आवास व्यवस्था साथै खानको ब्याबस्था , कामको ब्याबस्था अबैधानिकलाई बैधानिक रुपमा भिसाको प्रबन्ध समेत मिलाउनु भएको छ।
प्रेरणाको श्रोत
आज योन्जनले मलेसियामा रहेका नेपालीहरू माझ एक सच्चा समाजसेवी, नेतृत्व क्षमता भएका संयमी व्यक्ति, र संकटमा साथ दिने भरपर्दो साराथिको रूपमा चिनिनुहुन्छ। उहाँ जस्ता समर्पित व्यक्तिहरू नै प्रवासमा नेपाली समुदायको असली मेरुदण्ड हुन्।भन्ने सम्पुर्ण नेपाली श्रमिकहरुलाई अनुभुती गराएको छ।
शिक्षा र सोच
राजु तामाङ योन्जनले नेपालमै उच्च माध्यमिक शिक्षासम्म अध्ययन गर्नुभएको थियो। विदेश जाँदा उहाँसँग डिग्री थिएन, तर थियो– सोच। र, यही सोचले गर्दा उहाँ डिग्री बिना डाक्टर जस्तो, पोस्ट बिना नेता जस्तो बनिरहनुभयो – जसको खाँचो समाजमा हरेक दिन पर्छ।
श्रमिकहरूको आवाज बन्ने प्रयास
मलेसियामा रहेका नेपाली श्रमिकहरू बारम्बार शोषणमा परेका घटनाहरूमा, उहाँ ‘एक्लो आवाज’ होइन, ‘सामूहिक प्रतिवाद’ को अगुवा बन्नुहुन्थ्यो। श्रमिकहरूलाई कानुनी सहायता दिलाउने, दूतावासमा दबाब दिने, कम्पनीहरूसँग वार्ता गर्ने – यी सबैमा उहाँको सक्रियता प्रशंसनीय रहँदै आएको छ।
धार्मिक, सांस्कृतिक काममा अग्रसरता
मलेसियामा हुने नेपालि चार्ड पर्व जस्तै तीज, दसैँ, होली, माघे संक्रान्तिजस्ता बुद्ध जयन्ती चन्डी,साकेला उभौली उधौलि, लगयत अन्य थुप्रै चाडपर्वहरूको आयोजना गर्न उहाँले नेतृत्व गर्नुभएको छ। यी अवसरहरूमा उहाँले नेपाली संस्कृति प्रवासी पुस्तासम्म पुर्‍याउने गरी कार्यक्रमहरू सञ्चालन गर्नुभएको छ।
Problem Solver’ होइन, ‘Action Taker’
धेरैले समस्या देखेर टोलाउँछन्, राजु जि भने समाधानमा दौडिन्छन्। कसैको अस्पतालको समस्या होस्, बिदामा रेस्टुरेन्ट लागयत कम्पनीमा कामको समस्यामा अलपत्र परेका नेपालीको केस होस्, वा कम्पनीले पासपोर्ट नदिएको जटिल केस होस् — उहाँ पहिलो फोन गर्न मिल्ने मान्छे हुनुहुन्छ।
मलेसियामा राजु भन्नासाथ— “हामी त उहाँकै सहयोगमा बाँच्यौं” भन्नेहरू थुप्रै
कसैले रोड एक्सिडेन्टपछि उपचार पायो, कसैले मृतक आफन्तको शव पठाउने खर्च जुटाउन सहयोग पायो, कसैले जेलमुक्ति पाए— यी सबै घटनामा योन्जनको योगदान मौन तर अमूल्य थियो।
निष्कर्षमा: “राजु” एउटा नाम होइन, प्रवासी नेपाली समुदायको विश्वास हो।
जहाँ शब्द पुग्दैन, त्यहाँ कर्म बोल्छ। उहाँको कर्म अहिले मलेसियाली नेपालीहरूको जीवनशैलीमा, आशामा र आत्मविश्वासमा देखिन्छ। उहाँजस्ता व्यक्तिहरूले प्रवासलाई केवल गन्तव्य होइन, “सम्बन्ध र सहयोगको सगठित गर्न सक्ने स्थानको रुपमा स्थापित गराएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button