अपराधमधेससमाचारसमाज

श्रोत नखुलेको १० लाख रकम सहित मौलापुरबाट एक जना पक्राउ ।

राजकुमार यादव
रौतहट:मौलापुर नगरपालिका-६ पथराबुधराम स्थित सार्बजनिक सडक खण्डबाट स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत मोतिहारी ग्राम पोष्ट थाना कुन्डवा चैनपुर ग्राम पंचायत खरहा वडा नं. ८ मुसहरीया बस्ने २३ वर्षीय राज किशोर ठाकुर रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले विभिन्न सावारी साधन तथा पैदल यात्रीहरू समेतलाई रोकी चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ एसी ९४७७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा सिट मुनि राखिएको झोलाबाट उक्त नगद फेला पारी चालक ठाकुरलाई आइतबार दिउँसो पक्राउ गरेको हो ।

झोला भित्र लुकाई छिपाई राखेको नेपाली रकम एक हजारको दरको नोट ६ सय र पाँच सय दरको नोट ८ सय थान गरी जम्मा नेपाली रुपैया १० लाख नगद सहीत ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button