सप्तरीको तिरहुत गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु

4

राजविराज । सप्तरीको तिरहुत गाउँपालिका–१ मा करेन्ट लागेर आज एक व्यक्तिको ज्यान गएको छ ।

स्थानीय क्रिकोल गाउँका भूपेन्द्र बिराजी यादवको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिनुभयो ।

काफ्लेका अनुसार ४० वर्षका यादवलाई आफ्नै घरमा पङ्खाको तार जोड्ने क्रममा करेन्ट लागेको थियो । उपचारका लागि भारदहस्थित भारदह अस्पतालमा पठाइएको भए पनि त्यहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ

Leave a comment