गुण्डा चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न आदेश,अन्यलाई कति(सूचि सहित)

14

काठमाडौं । गुण्डा नाइके चक्रे मिलनलाई काठमाडौं जिल्ला अदालतले गुण्डा ३० हजार धरौटीमा छोड्ने आदेश दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले उनलाई ३० हजार रुपैयाँ धरौटीमा छोड्ने आदेश जारी गरेको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार अभद्र व्यवहारसम्बन्धी मुद्दा दायर भएका १९ जनालाई नै धरौटीमा छोड्ने आदेश भएको श्रेष्ठले जानकारी दिए ।

उनीहरुलाई साउन १५ गते प्रहरीले काठमाडौँ चक्रपथबाट पक्राउ गरेको थियो । यस्तो छ धरौटीमा छोड्न आदेश दिएकाहरुको सूचि:

चक्रे मिलन भन्ने मिलन गुरुङ समेत १९ जना ( अभद्र व्यवहार )
१. जीत बहादुर लामा – १० हजार
२.  रितिक लामा – २० हजार
३.  चन्द्र देव कार्की -१० हजार
४.  प्रकाश गोले -१० हजार
५.  आमिर आलेमगर -१०हजार
६ . उत्तम महर्जन -१० हजार
७ . प्रनिश कँडेल -१० हजार
८.  राजु परियार -१० हजार
९ .राजेश भन्ने रोजेश खड्का  – ३० हजार
१० .गणेश बहादुर बोगटी – २० हजार
११ .रोशन सुवेदी – १० हजार
१२. सन्दीप के.सी -१० हजार
१३ .  राहुल खड्का -१०हजार
१४ . यामु पौडेल -१० हजार
१५ . सौरभ सुनार -१० हजार
१६ . डिल्लीराज कँडेल -२० हजार
१७. चर्के मिलन भन्ने मिलन गुरुङ  – ३० हजार
१८ .सफल भन्ने सुजल शाही  – १० हजार
१९ . निराजन पौडेल – १० हजार

Leave a comment