फोटो ग्यलरीमलेसिया बिशेषराशिफलसमाचारसमाज

श्रमिकका मामिलामा कुनैपनी सम्झौता नगरियोस सभापति चोलाकान्त पंगेनि।

मलेसिया :=नेपाली जनसम्पर्क समिति मलेसियाले मलेसिया स्थित नेपाली राजदुतावास क्वालालम्पुरमा मलेसियामा रहेका नेपाली श्रमिकहरूका समस्या समाधान तथा हकहित संरक्षण बारे ध्यानाकर्षण पत्र बुझाएको छ ।

मलेसियामा श्रमिकहरूले भोग्दै आएका गम्भीर समस्याहरू प्रति राजदूतावास र नेपाल सरकारको ध्यानाकर्षण गराउने उदेश्यले शुक्रबार नेपाली राजदुतावास क्वालालम्पुरको सभाहलमा तीन घन्टा भन्दा बडि छलफल गरि चार पृस्ठ लामो श्रमिकहरूका समस्या उल्लेख गराइ जनसम्पर्क समितिका पधादिकारिहरुको रोहबरमा ध्यानाकर्षण पत्र बुझाएको हो ।

सुरक्षीत रोजगारि ,उचित पारिश्रमिक छात्राबास स्वस्थ उपचार सचेतना जेल र घर फिर्ता लगाएत उठान भएका बिसय हरुमा दोहोरो छलफल समेत भएको थियो । छलफलमा श्रमिकहरुले भोग्दै आएका समस्या के कसरी समाधान गर्न सकिन्छ भन्ने बारे आ-आफ्ना तर्क बिचार हरु राखिएको थियो छलफलमा दूतावास को तर्फबाट महामहिम राजदुत नेत्रप्रसाद तिमल्सिना र प्रथम सचिब बलिराम प्रसाद धामी सहभागी हुनुहुन्थ्यो ।

छलफल तथा ध्यानाकर्षण पत्र बुझाउने झाक्रमा नेपाली जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनिले दूतावासले आधिकारिक रुपमा श्रमिकको उद्वार तथा सहयोग लाई फिर्ता हुने हवाई टिकट माग गर्छ भने जनसम्पर्क समिती असङ्ख्य टिकट उपलब्ध गराउन सक्छ तर श्रमिक अनायासै मर्न नपरोस भन्ने कुरा जोड गर्दै राजनैतिक आधार मा कसैलाइ नजिक र कसैलाइ पर नराखी संमान जनक अभिभावकिय भुमिका दूतावासले निभाउनु पर्ने र दूतावास आउदा जादा जनसम्पर्क समिति मलेसियाका सबैलाई सभ्य भएर सिस्ट भएर दूतावास आउन अनुरोध समेत गर्दै अन्य विषयमा सहित दूतावास लाइ ध्यानाकर्षण पत्र उपर गम्भीर भएर लाग्न अनुरोध गर्नुभएको थियो।

दूतावास को तर्फबाट सुझाव लाई मनन गर्ने र विधि संबंत काम गर्ने र श्रमजीवीका मामिलामा कसैसङ पनि सम्झौता नगर्ने महामहिम राजदुत नेत्र प्रसाद तिमल्सिनाले आश्वस्त पार्नुभयो ।

क्रमश नेपाली जनसम्पर्क समितिका महामन्त्री हरि कोइराला प्रबक्ता सरोज दहाल इन्द्र भन्डारी दिपेन्द्र साही डेबिड घिमिरे र पत्रकार घनस्याम चौधरीले समसामयिक श्रमिकका समस्या हरु राखेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button