प्रदर्शनकारीद्धारा खोसियो सुरक्षाकर्मीको बन्दुक

39

काठमाडौं, १५ चैत्र । काठमाडौंको तीनकुनेमा प्रदर्शनकारीले सुरक्षाकर्मीको बोकेको बन्दुक खोसेका छन् ।राजावादी प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा लिन प्रहरीले आंशुग्यास प्रहार गरेको थियो ।

प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा तीनकुनेस्थित एक घरमा आगजनी भएको छ ।

आगो निभाउन पुगेको एम्बुलेन्समाथि समेत प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् । अहिले पनि तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले तीनकुनेकाे स्थिति नियन्त्रणको प्रयास भइरहेको बताए ।

Leave a comment