Year: 2026
-

इतिहास रच्दै एएफयूको उपकुलपतिमा प्रा. ऋषिराम कट्टेल
काठमाडौं । सरकारले खुला प्रतिस्पर्धामार्फत कृषि तथा वन विश्वविद्यालय (एएफयू) को उपकुलपतिमा ४५ वर्षीय प्रा. ऋषिराम कट्टेललाई नियुक्त गरेको छ। उनी विश्वविद्यालयको इतिहासमै सबैभन्दा कम उमेरमा उपकुलपति बन्न सफल भएका छन्। साथै, यसपटक नियुक्त भएका सातवटै विश्वविद्यालयका उपकुलपतिमध्ये पनि उनी सबैभन्दा कम उमेरका हुन्। लमजुङको राइनास नगरपालिका–अल्कटार निवासी प्रा. कट्टेलले युरोपबाट उच्च शिक्षा हासिल गरेका…
-

कार्यवाहक प्रमुख इम्तियाज आलमको पहलमा ६ महिनादेखि रोकिएको विपत राहत वितरण हुने
वीरगन्ज, १८ असार — वीरगन्ज महानगरपालिकामा विगत करिब ६ महिनादेखि रोकिएको विपत राहत रकम वितरण प्रक्रिया अघि बढाइएको छ। महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमको पहलपछि आगलागी, बाढी र हावाहुरीबाट प्रभावित १५ परिवारले राहत पाउने भएका हुन्। महानगरपालिकाका अनुसार विभिन्न वडाबाट प्राप्त राहतसम्बन्धी निवेदनमाथि कार्यवाहक प्रमुख आलमले चासो दिँदै आवश्यक छानबिन गर्न विपत व्यवस्थापन शाखालाई निर्देशन…
-

पत्रकार खेम भण्डारी पक्राउ
कञ्चनपुर । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन् जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले आज बिहान ७ बजे भीमदत्त नगरपालिका–१८ बाट भण्डारीलाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो । अदालतले २०८२ साल चैतमा गालीगलौजसम्बन्धी मुद्दामा भण्डारीलाई १ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला गरेकोमा उच्च अदालतले…
-

पिएनओद्वारा ‘नागरिकता होइन, पुर्ख्यौली नेपालको पहिचान’ माग
काठमाडौं := सयौं वर्षअघि विभिन्न ऐतिहासिक कालखण्डमा रोजगारी, व्यापार, सैनिक सेवा तथा अन्य परिस्थितिका कारण नेपाल छाडेर म्यानमार (बर्मा), थाइल्यान्ड, मलेसिया, फिजीलगायत विश्वका विभिन्न मुलुकमा स्थायी रूपमा बसोबास गर्न पुगेका लाखौं नेपाली मूलका विदेशी नागरिक अहिले एउटै अपेक्षाका साथ नेपालतर्फ हेरिरहेका छन । उनीहरूको माग नेपाली नागरिकताको होइन, आफूहरू नेपाली मूलका हौं भन्ने राज्यबाट आधिकारिक…
-

बालबालिका खेल्ने पार्कभित्र अवैध हुक्का बारमा महानगरको छापा, ठूलो परिमाणमा सुर्तीजन्य पदार्थ बरामद।
वीरगञ्ज=बालबालिकाको मनोरञ्जन र पारिवारिक घुमफिरका लागि निर्माण गरिएको चिल्ड्रेन पार्कभित्रै अवैध रूपमा हुक्का तथा सुर्तीजन्य पदार्थको कारोबार भइरहेको खुलेपछि वीरगञ्ज महानगरपालिकाले कडा कदम चालेको छ। कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको विशेष निर्देशनमा गरिएको आकस्मिक अनुगमनका क्रममा ठूलो परिमाणमा हुक्का र सुर्तीजन्य सामग्री बरामद गरिएको हो। बुधबार वडा नं. ४ स्थित चिल्ड्रेन पार्क (शङ्खधर साख्वा पार्क) भित्र…
-

मलेसियामा निधन भएका महोत्तरीका पप्पु यादवको शव स्वदेश ल्याइयो।
काठमाडौं– मलेसियामा रोजगारीका क्रममा आकस्मिक निधन भएका महोत्तरीको औरही नगरपालिका–६ निवासी पप्पु यादवको शव स्वदेश ल्याइएको छ। हेल्प मधेसी मलेसियाको पहल तथा समन्वयमा यादवको शव मंगलबार राति (असार १६ गते/३० जुन) नेपाल ल्याइएको हो। पारिवारिक स्रोतका अनुसार उहाँको अन्त्येष्टि आजै गरिनेछ। यादवको गत जुन २६ मा मलेसियामा आकस्मिक निधन भएको थियो। उहाँ वैधानिक प्रक्रियाबाहिर मलेसियामा…
-

सौराहामा ११औँ क्योरुगी रेफ्री सेमिनार तथा ४औँ पुम्से रिफ्रेसर कोर्स सम्पन्न
चितवन– चितवनको सौराहामा आयोजित ११औँ क्योरुगी तेक्वान्दो रेफ्री सेमिनार तथा रिफ्रेसर कोर्स तथा ४औँ पुम्से सेमिनार तथा रिफ्रेसर कोर्स सफलतापूर्वक सम्पन्न भएको छ। चितवन जिल्ला तेक्वान्दो संघको आयोजनामा सम्पन्न कार्यक्रममा देशभरबाट करिब २०० जना तेक्वान्दो प्रशिक्षक तथा रेफ्रीहरूको सहभागिता रहेको थियो। रेफ्री तथा प्रशिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सहभागीहरूले आफूहरूलाई थप दक्ष, अद्यावधिक…
-

श्रममन्त्री रामजी यादवको कडा सन्देश: अवैध एजेन्ट र ठगी गर्ने मेनपावरमाथि अब निर्मम कारबाही
काठमाडौं — वैदेशिक रोजगारीका नाममा हुने ठगी, आर्थिक शोषण, साइबर अपराध तथा अवैध एजेन्टको सञ्जालविरुद्ध सरकारले आक्रामक अभियान सुरु गरेको छ। युवा तथा रोजगार मन्त्रालयले ‘Operation Illegal Agent Cleanup towards Safer Migration’ (अवैध एजेन्टविरुद्ध अभियान : सुरक्षित वैदेशिक रोजगारीका लागि) नामक डिजिटल प्लेटफर्म (वेबसाइट र मोबाइल एप) सार्वजनिक गर्दै वैदेशिक रोजगार क्षेत्रलाई पारदर्शी, सुरक्षित र…
-

ग्वाङ्झाउमा एनआरएनएको ऐतिहासिक जमघट: ‘आरोहण २०२६’ को तयारी अन्तिम चरणमा, अर्थमन्त्री स्वर्णिम वाग्ले प्रमुख अतिथि।
काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत एसिया प्रशान्त क्षेत्रको आयोजनामा तथा विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरूको सहकार्यमा आगामी अगस्ट १५ र १६, २०२६ मा चीनको ग्वाङ्झाउस्थित क्राउन प्लाजा होटल ग्वाङ्झाउ सिटी सेन्टर मा आयोजना हुने ११औँ एनआरएनए एसिया प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ। आयोजकका अनुसार सम्मेलनको ८० प्रतिशतभन्दा…
-

वीरगञ्ज–सिमरा औद्योगिक करिडोरलाई हरित बनाउन ‘पावर-गिफ’ परियोजना सुरु; औद्योगिक विद्युतीकरणमा नगरको पूर्ण साथ रहने कार्यवाहक प्रमुख आलमको प्रतिबद्धता।
वीरगञ्ज:=नेपालको प्रमुख औद्योगिक क्षेत्रको रूपमा रहेको वीरगञ्ज–सिमरा औद्योगिक करिडोरलाई हरित, जलवायु उत्थानशील र समावेशी आर्थिक रूपान्तरणतर्फ लैजाने उद्देश्यका साथ ‘नेपालमा हरित औद्योगिक भविष्यका लागि ऊर्जा’ (Powering Nepal’s Green Industrial Future – Power-GIF) परियोजनाको क्षेत्र-स्तरीय प्रारम्भिक कार्यशाला आज वीरगञ्जको एक होटलममा सम्पन्न भएको छ। नर्वे सरकारको आर्थिक सहयोगमा ग्रामीण प्रविधि केन्द्रको अगुवाइमा नेपाल विद्युत् प्राधिकरण, नेपाल…
You May Have Missed














