राजनीतिसमाचार

पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन् जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले आज बिहान ७ बजे भीमदत्त नगरपालिका–१८ बाट भण्डारीलाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो ।

अदालतले २०८२ साल चैतमा गालीगलौजसम्बन्धी मुद्दामा भण्डारीलाई  १ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला गरेकोमा उच्च अदालतले थप ७ दिन कैद र २ हजार रुपैयाँ जरिवाना गरेको प्रहरीले जनाएको छ।सोही फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button