Uncategorized

वीरगंज महानगर का उप प्रमुख आलम र विधार्थी बिच विशेष भेटघाट

वीरगंज,

पर्सा वीरगंज महानगरपालिका का उप प्रमुख तथा नेपाली कांग्रेस पर्सा का जिल्ला सचिव इम्तियाज आलम र विधार्थी बिच विशेष भेटघाट उप प्रमुख आलम कै निवासमा भएको छ। ठाकुर राम बहुमुखी क्याम्पस मा २०७९/११/५ गते स्ववियु निर्वाचन हुने भएकाले सोहि सम्वन्धमा राजु गुप्ता को नेतृत्वमा गएको विधार्थी टोली र उप प्रमुख आलम विच स्ववियु निर्वाचन सम्वन्धमा छलफल भएको छ।

ठाकुर राम बहुमुखी क्याम्पस का विधार्थी टोलि का नेतृत्व कर्ता राजु गुप्ता ले वीरगंज महानगरपालिका का उप प्रमुख आलम सँग स्ववियु निर्वाचन मा कसरि जित हासिल गर्न सक्छौ त्यसको बारेमा राय सुझाव लिएका छन् साथै स्ववियु निर्वाचनमा तपाइको सहयोग र साथ चाहिने छ र तपाइ को सहयोग ले नै हामी स्ववियु निर्वाचनमा जित हासिल गर्नेछौ भनि तपाइको सहयोग र साथ अवस्य नै चाहिएको बताएका छन्।

वीरगंज महानगरपालिका का उप प्रमुख तथा नेपाली कांग्रेस पर्सा का जिल्ला सचिव इम्तियाज आलम सँग स्ववियु निर्वाचन सम्वन्धमा विशेष भेटघाट को क्रममा ठाकुर राम बहुमुखी क्याम्पस का बिधार्थी राजु गुप्ता, अजय श्रीवासतव, बिटु आदित्य गुप्ता लगायतका विधार्थीहरुको उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button