ट्राफिक प्रहरी सहायक हवल्दार नर बहादुर बस्नेतले गर्दा बाराको पथलैया नै आतंकित बनेको छ। पथलैयामा मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय रहेको छ। सहायक हवल्दार बस्नेत त्यहि कार्यरत रहेको छ। उहाँ जहिले पनि बालेनको चश्मा लगाउने गरेकोले सबैजना त्यहाँ बालेनको नामले चिनिने गरेका छन्।
बालेनको नामले परिचय बनाएका नर बहादुर बस्नेत मधेश प्रदेश ट्राफिक कार्यालय पथलैयाको घुमुवा हुँ भन्दै आफ्नो आतंक मचाएका छन्। ट्राफिक प्रहरी बस्नेत ( बालेन ) पथलैयामा क्षमता भन्दा बढी भारबाहन बोक्ने ट्रक लगायत बिभिन्न गाडीहरुबाट पैसा असुल्ने गरेको समाचार प्राप्त भएको छ। क्षमता भन्दा बढी सामान बोक्ने सवारीसाधन ट्राफिक प्रहरीको लागि घुस असुल्ने गतिलो माध्यम बनेको छ । त्यसैको फाईदा ट्राफिक प्रहरी बस्नेत अर्थात बालेनले उठाउने गरेका छन्।
पर्साको ड्राइपोर्ट, भन्सार र आईसीपीबाट सामान सहितका भारबहन गाडीले क्षमता भन्दा दोब्बर मात्रै नभएर अझ बढी सामान बोक्ने गरेको र उनीहरूले बारा र पर्साका ट्राफिक प्रहरीलाई मात्रै नभएर पथलैया स्थित मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालयको नाममा बस्नेत ( बालेन ) ले असुलि गर्ने गरेका श्रोतको दाबी रहेको छ।
यी ठाउँ सँगै महेन्द्र राजमार्गबाट निस्कने मालबाहक गाडीको क्षमता र स्वीकृति बढीमा २७ टन बोक्ने भएपनि ती गाडीले ७५ देखि ८० टन सामान बोक्दै आएका छन् । २१ टन बोक्ने क्षमता भएकाले ५० देखि ५५ टन
सामान बोक्दै आएका छन् । यसरी क्षमता भन्दा अत्याधिक सामान बोक्ने गाडीहरूबाट ट्राफिक प्रहरी बस्नेत मोटो रकम लिने गरेका छन्।
यति मात्र नभएर पर्साको बिभिन्न ड्राईपोर्ट , भंसार र आईसीपीबाट बिरगंज कोरीडोरको लागि कच्चा पदार्थ आउने भएकोले बस्नेत ( बालेन ) ले कोरीडोर स्थित त्यस्ता उधोगहरुबाट समेत मासिक उठाउने गरेको श्रोतको दाबी रहेको छ।
यस विषयमा मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालयको प्रमुख प्रहरी उपरीक्षक हेम किरण बोगटीसँग कुरा गर्दा यहाँबाट कुनै किसिमको घुमुवा परिचालन गरीएको छैन। त्यस्तो किसिमको कुनै प्रमाणित हुने प्रमाण भए मलाई उजुरी गर्नु तुरन्तै कार्वाही गर्ने बताएका छन्। साथै मधेश प्रदेशको कुनै पनि ट्राफिक प्रहरीले कुनै गलत कार्य गरेको भए प्रमाण सहित आफुलाई उजुरी गर्ने समेत प्रहरी उपरीक्षक बोगटीले गरेका आग्रह गरेका छन्। साभार: शुभ आरम्भ दैनिक
