विज्ञान/प्राविधि

नेपाल फाेटाे पत्रकार महासंघ पर्साकाे पहिलाे बैठक सम्पन्न

वीरगंज २० भदौ
नेपाल फाेटाे पत्रकार महासंघ पर्साकाे तेस्राे अधिवेशबाट निर्वाचित नयाँ कार्य समितिकाे पहिलाे बैठक साेमबार सम्पन्न भएकाे छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाकाे भवनमा बसेकाे बैठकले निर्वतमान अध्यक्ष विजय चाैहान नेतृत्वकाे कार्य समितिलाई धन्यावाद ज्ञापन गरेकाे छ ।

जिल्ला शाखाका अध्यक्ष सफल खतिवडाकाे अध्यक्षतामा बसेकाे बैठकले भदाै २९ देखि ३१ सम्म चितवनमा हुने केन्द्रिय दाेस्राे महाधिवेशकाे प्रतिनिधि पर्साबाट तेस्राे जिल्ला अधिवेशले चयन गरे अनुसार राम सर्राफ, पंकज श्रेष्ठ, विजय चाैहान र क्रान्ति साहकाे नाम पठाउने सर्वसहमतिबाट निर्णय गरेकाे छ ।

बैठकले केन्द्रिय महाधिवेशनमा पर्साबाट सहभागि हुन तयारीकाे सम्पूर्ण जिम्मेवारी जिल्ला कार्य समितिका पदाधिकारीलाई दिएकाे छ ।

साथै बैठकले नयाँ कार्य समितिका अध्यक्ष खतिवडा र काेषाध्यक्षकाे नामले महासंघकाे आर्थिक काराेबार संचालनकाे लागि नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेकाे खाता संचालक परिवर्तन गर्ने पनि निर्णय गरेकाे महासंघ पर्साका सचिव श्रवण साहले जानकारी दिए ।

नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्काकाे विशेष उपस्थितीमा भएकाे बैठकमा फाेटाे पत्रकार महासंघ पर्साका सदस्यहरु एसएम जहान गस्त, राजन श्रीवास्तव, विनाेद पटेल, प्रणय साह, आराेहण साह, राहुल गुप्ता लगायतकाे उपस्थिती रहेकाे थियाे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button