अन्तराष्ट्रियमलेसिया बिशेषराष्ट्रियसमाचारसमाज

कल्याणकारी समाज पोट्क्लाङ र व्यावसायिहरुले मलेसियामा बुलेट आमालाइ संयुक्त सम्मान गर्ने।

मलेसिया:=बुद्धशान्ति गाउँपालिका–३ की स्थायी बासिन्दा सुशीला उप्रेती तिवारी “बुलेट आमा” नेपालको परम्परागत महिलाको पोशाकमा यात्रा गर्दै विश्वभर रहेका नेपालीहरूलाई मौलिकता चिनाउने हिड्नु भएकि बुलेट आमा लाई लाई प्रवासी नेपाली हातेमालो कल्याणकारी समाज पोट्क्लाङ र व्यावसायि हरुले संयुक्त सम्मान गर्ने भएका छ्न ।

काकडभिट्टा नाकाबाट भारत प्रवेश गरी बंगलादेश हुँदै मलेसिया, र थाइल्याण्डसम्म पुग्ने लक्ष्य लिएर हिडेकी बुलेट आमा एतिबेला मलेसियामा छिन । केही दिन अगाबै मलेसियास्थित नेपाली राजदूत डा. नेत्र प्रसाद तिम्सिनासँग शिष्टाचार भेट गरेकी आमा मलेसियामा सबैले सहयोग गरेको बताएकी थिइन।

प्रवासी नेपाली हातेमालो कल्याणकारी समाज पोट्क्लाङ र व्यावसायि हरुले आमाको प्रसम्सा गर्दै यो उमेरमा पनि राट्रीय पोसाकमा देश बिदेश घुम्ने र आफू र रास्ट्रलाइ चिनाउन लागि परेको भन्दै सम्मान कार्यक्रम आयोजना गरेको प्रवासी नेपाली हातेमालो कल्याणकारी समाज का अध्यक्ष पुरूषोत्तम कार्की ढोलीले जानकारी दिनुभयो।

कार्यक्रममा स्थानिय कलाकार हरुको प्रस्तुत लगाएत सुभकामना आदानप्रदान हुने आयोजक समितिले बताएको छ । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button