अन्तराष्ट्रिय

चिनियाँ रास्ट्रपति तानाशाह हुन बाईडेन

वासिंगटन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफना चिनियाँ समकक्षी सी चिनफिङ ‘तानाशाह’ भएको पुनः टिप्पणी गरेका छन् ।

अमेरिकामा समकक्षी जिनपिङसँग भेटवार्तापछि पत्रकारहरुसँग कुराकानी गर्दै बाइडेनले  जिनपिङलाई  ‘तानाशाह’ भनी टिप्पणी गरेका हुन् ।

सीएनएनका अनुसार बाइडेनले आफ्नो अघिल्लो टिप्पणी ‘तानाशाह’ लाई दोहोर्याएका छन् । सीएनएनका अनुसार बाइडेनले चिनियाँ राष्ट्रपति सीलाई पुनः ‘तानाशाह’ भनेका छन्, त्यो पनि दुई नेताले शिखर सम्मेलनको लागि भेटेको केही घण्टापछि नै । यद्यपि बाइडनेले दुई देशबीचको वार्तालाई ‘सबैभन्दा फलदायी वार्ता’को रूपमा वर्णन भने गरेका छन् ।

सीएनएनको एमजे लीले सोधेका थिए, ‘यदि राष्ट्रपतिले सीलाई विगतमा जस्तै ‘तानाशाहुको रूपमा वर्णन गर्नुहुन्छ ?’ जवाफमा बाइडेनले भने, ‘हेर्नुहोस्, उहाँ तानाशाह हुनुहुन्छ ।’

उनले अगाडि भने, ‘उहाँ यस अर्थमा तानाशाह हुनुहुन्छ कि उहाँ कम्युनिस्ट भएको देश चलाउने नेता हुनुहुन्छ र त चिनियाँ सरकार हाम्रो भन्दा पूर्ण रूपमा फरक छ।’

बाइडेनले यसअघि क्यालिफोर्नियामा भएको एक कार्यक्रममा चिनियाँ राष्ट्रपति सीलाई पहिलो पटक ‘तानाशाह’ सँग तुलना गरेका थिए । किनभने उनले फेब्रुअरीमा चिनियाँ बेलुनलाई अमेरिकी लडाकु विमानहरू खसालेको भन्ने विवाद बाहिरिएको बेला यस्तो टिप्पणी गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button