समाचारसमाज

छठ पर्वको शुभ अवसरमा एकल महिला तथा जेष्ठ नागरिकलाइ सम्मान वडा स्तरिय कार्यक्रम सम्पन्न

देवताल गाउँपालिका वडा नं. ५ को वडा अध्यक्ष सुरेश प्रसाद साहको संयोजक्तव तथा गाउँपालिका प्रमुख उदय प्रसाद यादवको प्रमुख आतिथ्यमा छठ पर्वको शुभ अवसरमा एकल महिला तथा जेष्ठ नागरिकलाइ सम्मान वडा स्तरिय कार्यक्रम रामजानकी मन्दिरको प्राङ्गमा सम्पन्न भएको छ ।

सो कायक्रममा १५५ जना महिलालाइ लता कपडा तथा ९० जना जेष्ठ नागरिकलाइ धोत, गम्छा गरी जम्मा २४५ जनालाइ सम्मान गरिएको थियो । भने सो कार्यकमको सहयोगी देवताल गाउँपालिका र आयोजक स्काइ फाउन्डेशन रहेको थियो ।

उक्त कायक्रममा देवताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन श्रीवास्तव, वडा नं. ४ का वडा अध्यक्ष ललन प्रसाद यादव, देवताल गाउँपालिकाका शिक्षा प्रमुख राजीव यादव तथा विभिन्न दलका नेता तथा कार्यकर्ताहरु लगायत उक्त वडाका भद्र भलादमी, बुद्धिजीवि, समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button