राजनीति

काठमाडौं ४ त्यागेर सर्लाहीबाट चुनाव लड्ने गगन थापाको तयारी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं ४ त्यागेर सर्लाहीबाट चुनाव लड्ने तयारी गरेका छन्।

यस अघि निर्वाचित हुँदै आएको काठमाण्डौं असुरक्षित महसुस गरेपछि आफनो क्षेत्र अर्थविद स्वर्णिम वाग्लेलाई जिम्मा लगाएर उनी मधेश झर्न लागेका हुन। उनी काठमाण्डौं ४ बाटै दुई दुईपटक सांसद भइसकेका छन् ।

पछिल्लो पटक अमेरिकी परियोजना एमसीसी प्रकरणमा थापा विवादमा परेका थिए । काठमाण्डौं संवेदनशिल क्षेत्र भएको र पटक पटक विवादमा परेका कारण थापा यस पटक विश्वस्त हुन सकेका छैनन्। त्यसमाथि स्वतन्त्र उम्मेदवार प्रति देखिएको झुकावका कारण पनि उनी ढुक्क हुन सकेका छैनन्।

त्यसैले उनी मधेश झर्ने तयारीमा रहेको कांग्रेसका नेताहरु बताउँछन्। सर्लाही क्षेत्र नम्बर ४ बाट महामन्त्री थापाको नाम एकल रुपमा सिफारिस भएको छ । सर्लाही ४, २०७४ सालमा अमरेशकुमार सिंह निर्वाचित भएको क्षेत्र हो । उनले राजपाका राकेशकुमार मिश्रलाई हराएका थिए । तर, सिंहको नाम सिफारिसमा परेको छैन ।

केही समयदेखि उनी कांग्रेस जिल्ला कार्यसमितिका सदस्यहरूको सम्पर्कमा समेत नरहेको जनाईएको छ।

महामन्त्री थापाको नाम यसअघि कास्की १ बाट पनि सिफारिस भएको थियो। तर, थापाले सो सदासयताका लागि धन्यवाद भनेका थिए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button