Uncategorized

हिन्दू परिषद् नेपाल पर्सा द्वारा पाइलट बाबा को स्वागत

वीरगञ्ज, १५ वैशाख

भारतीय योगी पाइलट बाबा आज नेपाल प्रवेश गरेका छन्। बाबा लाई हिन्दू परिषद् नेपाल जिल्ला समिति पर्सा द्वारा नेपाल प्रवेश द्वार शंकर आचार्य गेटमा फूलमाला गम्छा ओढाई स्वागत सम्मान गरेको छ। भर्खरै हरिद्वार स्थित पाइलट बाबा आश्रमबाट नेपाल प्रवेश गरेका हुन्। उनी कोरोनापछि पहिलो पटक नेपाल आउन लागेका छन् । नेपाल बसाइका क्रममा आज वीरगञ्ज, हेटौंडा ,चितवनमा बस्नेछन् । अहिलेसम्म काठमाडौं जाने निश्चित नभएको जनाइएको छ ।

पाईलट बाबा लाई स्वागत गर्ने हिन्दू परिषद् नेपाल जिल्ला कमिटी पर्साका अध्यक्ष हरेन्द्र पटेल, उपाध्यक्ष पिया सिंह,सचिव अंशु कुमार, सहसचिव सुमन वर्णवाल,राम प्रसाद कुर्मी, कोषाध्यक्ष प्रमान्नद साह कानु, सल्लाहकार कनिका कैशिक नगर कमिटी वीरगञ्ज सचिव अनिल पटेल लगायतका सहभागिता रहेको थियो। ज्ञानमित्रका अनुसार भैंसेस्थित त्रिखण्डी महादेवमा एउटा आश्रम बनाउन पाइलट बाबा इच्छुक छन् ।

यसपटकको भ्रमणको मूल उद्धेश्य आश्रम निर्माण नै हो । त्रिखण्डीमा निर्माणाधीन आश्रम अधुरो रहेको छ । त्रिखण्डी महादेव पाइलट बाबाको गुरुस्थली हो । उनका गुरु हरि बाबा तथा हरि बाबाका गुरु अवतार बाबाको समाधि त्रिखण्डीमै छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button