अमेरिका जानुअघि प्रधानमन्त्रीले भेटे विश्वप्रकाश र भीष्मराज

न्युज कारखाना
काठमाडौं, ५ असोज । प्रधानमन्त्री वालेन्द्र शाह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताबीच भेटवार्ता भएको छ ।
सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र विश्वप्रकाश शर्मासँग बालेनले भेट गरेका हुन् ।
संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफलका लागि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका प्रतिनिधिलाई सिंहदरबारमा बोलाएका हुन् ।
प्रधानमन्त्री बालेन संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भोलि अपराह्न अमेरिकातर्फ प्रस्थान गर्ने कार्यक्रम छ । भेटमा प्रधानमन्त्रीलाई जलवायु परिवर्तनका विषय र नेपालले भोग्नुपरेको समस्या संयुक्त राष्ट्रसंघमा उठाउन सल्लाह दिएको शर्माले बताए ।
https://fileswarehouse.com/newskarkhana/videos/1789979057869_bishow-ra-bhisma.jpg.jpg?X-Amz-Content-Sha256=UNSIGNED-PAYLOAD&X-Amz-Algorithm=AWS4-HMAC-SHA256&X-Amz-Credential=UK1831257KPP38AKWJ01%2F20260921%2Fus-west-1%2Fs3%2Faws4_request&X-Amz-Date=20260921T101807Z&X-Amz-SignedHeaders=host&X-Amz-Expires=547013&X-Amz-Signature=4ee70fa04802a40eb5378922f4bf6ecfcbd63df4da23761612d50101deccdcf7



