क्वालालम्पुर — नेपाली राजदूतावास, मलेसियाले आठौँ जेविन मलेसिया ओपन तेक्वान्दो प्रतियोगिता मा सहभागी नेपाली टोलीलाई सोमबार सम्मान गरेको छ।
राजदूत डा. नेत्र प्रसाद तिम्सिनाले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, निर्णायक र अफिसियललाई सम्मान पत्र प्रदान गरे। प्रतियोगितामा अशोक खड्का उत्कृष्ट निर्णायक घोषित भए भने केनिश खड्का, गोविन्द योन्जन तामाङ र आयुश बोहराले स्वर्ण पदक जिते। सन्दीप बस्नेतले रजत पदक हासिल गरे।
त्यसैगरी प्रशिक्षक श्रीकृष्ण खड्का, म्यानेजर गणेशबहादुर खड्का, टोली प्रमुख महेन्द्रराज घिमिरे, नेप्लिज फुटबल एसोसिएसन मलेसियाका अध्यक्ष सन्तोष भट्ट र सहजिकर्ता कृष्ण खड्कालाई पनि सम्मान गरिएको थियो।
गत शनिबार र आइतबार सम्पन्न उक्त प्रतियोगितामा नेपालको प्रदर्शन उल्लेखनीय रहेको आयोजकले जनाएका छन्।