समाचारसमाज

पत्रकारद्धय थामी र तामाङ “फोनिज मलेसिया” पत्रकारिता पुरस्कारद्वारा सम्मानित हुँदै।

काठमाडौं:= नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मलेसिया समिति अन्तर्गतको “फोनिज मलेसिया” वर्ष पत्रकारिता पुरस्कार यस् वर्ष पत्रकारद्धय सपना थामी र ज्ञानेन्द्र तामाङलाई दिइने भएको छ ।

आज मंगलबार फोनिज केन्द्रद्वारा आयोजना हुने १६औं फोनिज स्थापना दिवसको अवसरमा “फोनिज राष्ट्रिय अवार्ड २०७८” अन्तर्गत थामी र तामाङलाई नगद पुरस्कार र अवार्ड सहित सम्मान प्रदान गरिने तय भएको नेपाल आदिवासी जनजाती पत्रकार महासंघ मलेसियाका अध्यक्ष घनश्याम चौधरी “आरएन” ले जानकारी दिनुभयो ।

“समृद्धिको आधार : पूर्ण समावेशी सञ्चार” भन्ने नाराका साथ फोनिज मलेसिया ले प्रत्येक वर्ष मुलुकभरबाट सक्रिय पत्रकारहरूको योगदानको कदरस्वरूप पुरस्कार वितरण गर्दै आएको छ। यस वर्षको पुरस्कार २०७८ साउन २७ गते, मंगलबार, काठमाडौंको बालुवाटारस्थित T-21 प्यालेस मा दिउँसो ०४:०० बजे आयोजना हुने विशेष समारोहमा प्रदान गरिने अध्यक्ष चौधरीले बताए ।

सम्मानित दुवै पत्रकारहरू आ-आफ्नो समुदाय को हक अधिकारको विषयमा खबर संकलन, आवाज उठाउने र डिजिटल पत्रकारितामार्फत योगदान दिँदै आइरहेका छन्।फोनिज मलेसिया समितिले पनि पुरस्कृत हुने दुबै जनालाई हार्दिक बधाई ज्ञापन गर्दै पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा योगदान पुर्‍याउने कार्यमा थप सफलता र हौसला मिलोस् भन्ने शुभेच्छा प्रकट गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button