मलेसिया बिशेषसमाचारसमाज

घेदुङ जोहोरद्वारा आयोजित “सांस्कृतिक तथा संन्देशमूलक कार्यक्रम” भव्य सम्पन्न।

जोहोर (मलेसिया):= नेपाल तामाङ घेदुङ जोहोर क्षेत्रीय कार्यसमितिको आयोजनामा २०२५ अगस्ट १० (आईतबार) को दिन आयोजित “सांस्कृतिक तथा सन्देशमूलक कार्यक्रम” भव्यरूपमा सम्पन्न भएको छ।  कार्यक्रममा तामाङ समुदायको मौलिक संस्कृति, भेषभूषा, नृत्य, संगीत तथा ऐतिहासिक पृष्ठभूमिको विषयमा बृहत् प्रस्तुतीहरू देखाइएको थियो।

क्षेत्रीय कार्यसमिति जोहोरका अध्यक्ष मंगल दोङ तामाङ को सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ (NRNA) मलेसियाको अध्यक्ष रकेश कुमार महतो प्रमुख अतिथि, नेपाल तामाङ घेदुङ संघीय परिषद सदस्य मिलन दोङ तामाङ विशिष्ट अतिथि तथा विभिन्न संघसंस्थाका तथा राजनीतिक पार्टीको प्रतिनिधिहरूको उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

उक्त अवसरमा बोल्दै विशिष्ट अतिथिहरूले तामाङ समुदायको पहिचान, भाषा र संस्कृति जगेर्नाका लागि यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताए। साथै, युवापुस्ताले आफ्नो मौलिकता नबिर्सी निरन्तर योगदान दिनुपर्नेमा जोड दिए भने प्रमुख अतिथि राकेश कुमार महतोले NRNA मलेसियाको विवादको बारेमा बोल्दै यो कार्यसमिति हिमाल होस् या तराई,मेचि होस् या महाकाली, हामी सबै नेपाली भन्ने हेतुले विभिन्न वर्ग र समुदायलाई समेट्दै विधि विधान अनुसार नै अधिवेशन भएको र केही अलग भएका साथीहरु चाँडै नै फर्किने र मिलेर श्रमिक हक हित लागि काम गर्ने भनेर बोल्नु भएको थियो।

 

कार्यक्रममा तामाङ कलाकारहरूद्वारा प्रस्तुत सेलो नृत्य, सेलो दोहोरी, र म्हेन्दोमाया गाएर उपस्थित दर्शकको मन जितेको थियो। कार्यक्रमका सभापति मंगल दोङ तामाङ ले अन्त्यमा सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ स्तरीय कार्यक्रमहरू ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button