अन्तराष्ट्रियगैर आवासीय नेपाली संघ “एनआरएनएमलेसिया बिशेषसमाचारसमाज

गैर-आवासिय नेपाली संघका अध्यक्ष प्रत्यासी राजु तमाङ द्वारा मृत सव स्वदेश फिर्ता ।

मलेसिया:=बाके जिल्ला बैजनाथ गाउपालिका ६ का ३२ बर्सिय लाल बहादुर केसि को मलेसियामा निधन भएको छ। उनि बिगत लामोसमय देखि मलेसियामा अबैधानिक हैसियतमा कार्यरत थिए साथिको कोठामा गएको बेला अचानक छाती दुखेको भन्दै साथीहरूको सहयोगमा हस्पिटल पुगेका उन्को उपचारका क्रममा मृत्यु भएको हो ।

हस्पिटलमा मृत्यु भएपछि ब्यबहारिसे जस्तै बनेको सव परिवार र साथीहरू को अनुरोधमा मलेसियामा स्थापिक युवा व्यावसायि ,आर टि एफ फुटबल क्लव का अध्यक्ष तथा गैर-आवासिय नेपाली संघका अध्यक्ष प्रत्यासी राजु तमाङले हस्पिटलमा लागेको उपचार खर्च भुक्तान सहित मृत सव स्वदेश फिर्ता गरिदिने भएका छ्न ।

गत सोमबार उपचाररत लाल बहादुर लाई क्वालालम्पुर हस्पिटल ले मृत घोषणा गरेपछी परिवार र हस्पिटल भर्ना गर्ने साथीहरू मार्फत राजु तमाङ ले थाहा पाएपछी कुनैपनी नेपाली नागरिक बिदेशी भुमिमा मृत्यु हुनु दुखद हो अझै परिवार सम्म सव नपुग्दा परिवार बिक्षिप्त शोक माथी शोक थपिने भन्दै आफुले सव फिर्ता गर्न लागेको ब्यबसायी राजु तमाङ ले बताए ।

थुप्रै सामाजिक काम गर्दै मलेसियामा आफ्नो स्वच्छ छवि स्थापित गरेका तमाङ कुनैपनी नेपाली लाई समस्या हुदा सहयोग गर्न तत्पर रहेको बताउदै समयमै सजग रहन अनुरोध सहित सव फिर्तामा सहयोग पुर्याउने राजदुतावास र निकटतम सबैलाइ धन्यवाद दिए ।

मृत लाल बहादुरको सव परम्परागत दाहासस्कार को लागि भोलि नै स्वदेश फिर्तागरिने भएको राजु तमाङ ले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button