इस्लामाबाद ।
पाकिस्तानले गिलगिट–बाल्टिस्तान क्षेत्रमा चिनियाँ नागरिकहरुलाई एनओसी विना प्रवेश गर्नमा निषेध गरेको छ ।
पाकिस्तान सरकारले कथित रूपमा चिनियाँ नागरिकहरूलाई गिलगिट–बाल्टिस्तान क्षेत्रमा प्रवेश गर्न प्रतिबन्ध लगाउने एक अधिसूचना जारी गरेको हो ।
उनीहरूलाई अब भ्रमणको लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) आवश्यक गरिएको पाकिस्तानको समाचार माध्यमहरुले जनाएको छ । “यो कदम चिनियाँ नागरिकको सुरक्षाको लागि हो,” एक अधिकारीले भने ।
यस वर्षको सुरुमा, पाकिस्तानको पञ्जाब प्रान्तले त्यहाँ बसोबास गर्ने चिनियाँ नागरिकहरूलाई निजी सुरक्षा कम्पनीहरूलाई काममा राख्न निर्देशन दिएको थियो । एजेन्सी