मलेसिया बिशेषराजनीतिसमाचारसमाजस्वास्थ्य

प्रवासी नेपाली मञ्चको योजना, सेल्टर हाउसको अवधारणा।

मलेसिया :=प्रवासी नेपाली मञ्च मलेसियाले सन् २०२५ को कार्य योजना अन्तर्गत सेल्टर हाउस ब्यवस्थापनको अवधारणा घोषणा गरेको छ । थारु कल्याणकारी सभाले आयोजना गरेको “९औ बार्षिक उत्सव तथा माघी सक्रान्ती कार्यक्रम २०२५” का अतिथि समेत रहनु भएका मञ्चका अध्यक्ष दयाराम कुमालले शुभकामना दिने क्रममा घोषणा गर्नु भएको हो ।

नेपालबाट आमन्त्रित माननीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी प्रमुख अतिथि र मलेसियाका लागि नव नियुक्त राजदूत डा. नेत्र प्रसाद तिमल्सिना विशेष अतिथि रहेको कार्यक्रममा प्रवासी नेपाली मञ्चले बिगतका दिनमा नेपाली राजदूतवाससंगको समन्वयमा पिडीतहरुका लागि नेपाल फर्किने एकतर्फी हवाई टिकट उपलब्ध गराउने गरेको उल्लेख गर्दै अध्यक्ष कुमालले भन्नू भयो, – प्रवासी नेपाली मञ्चले “पिडीत श्रमिक उद्धार कोष” स्थापन गरि दुख पीडामा परेका श्रमिकहरुलाई सहयोग गर्दै आईरहेको छ । उद्धारको क्रममा पहिलो त खाने र बस्ने कै समस्या हुने देखिएकोले तत्कालका लागि सेल्टर हाउसको ब्यबस्थापन नगरि नहुने देखियो । जसको लागि जिफण्ड, पिएनसिसि लगायतका संस्थाहरुसंगको सहकार्यमा निकट भविश्यमा नै सेल्टर हाउसको ब्यबस्था मिलाउने घोषणा मञ्चले गर्दछ ।

प्रवासी नेपाली मञ्चले गरेको उक्त घोषणालाई युवा तथा खेलकुद मन्त्री, नेपाली राजदूतवास, अतिथिका रुपमा आसिन विभिन्न संघ-संंस्थाका प्रतिनिधिहरु लगायत उपस्थित जनसमुदायले ताली बजाएर अनुमोदन गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button