मलेसिया बिशेषसमाचारसमाज

मलेसियामा सक्रिय संघसंस्था, व्यक्तिहरुले राजदूत डा.तिम्सिनाको स्वागत गर्ने।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा सक्रिय विभिन्न सामाजिक , राजनीतिक संघसंस्था , ब्यापारी , ब्यावसायी , सञ्चारकर्मी मिलेर संयुक्त रुपमा मलेसियाका लागि नव नियुक्त राजदूत महामहिम डा.नेत्रप्रसाद तिम्सिनाको स्वागत गर्ने भएको छ ।

मलेसियामा कार्यरत नेपाली व्यापारी , ब्यावसायी , एनआरएनए , आदिवासी जनजाती महासंघ , विभिन्न सामाजिक राजनीतिक संघसंस्था र समाजसेवी ब्यक्तिहरुको आर्थिक र नैतिक सहयोग समन्वयमा यहीँ मिति सन् २०२५ जनवरी २६ तारिख आईतवारको दिन नेपाली राजदूतावास रहेको भवन छेउमै अवस्थित सभाहलमा एक कार्यक्रम आयोजना गरि राजदूत डा.तिम्सिनाको भब्य स्वागत गरिने कार्यक्रम तय भएको संयोयुक्त स्वागत कार्यक्रम आयोजक समितिका संयोजक बिनोद थापाले बताउनुभयो ।

राजदूत डा.तिम्सिना को स्वागत कार्यक्रममा सबै नेपाली जनसमुदायलाई आउन मिल्ने र राजदूत को स्वागत गर्न छुट रहेको संयोजक थापाले बताउनुभयो । साथै साझ ०५:०० बजेदेखि सुरु हुने भनिएको उक्त कार्यक्रममा सहभागी हुने सबै नेपालीहरुको लागि नि:शुल्क खानाको ब्यवस्था समेत गरिएको बताउनुभयो ।

नेपालको राजनीतिक उतारचढाव र सरकार फेरबदलले मलेसियाको नेपाली राजदूत फेरिरहने भए ता पनि उहिले देखिनै जो कोहि राजदूत नियुक्त भएर आउँदा नि यहाँका संघसंस्था हरु निकै सक्रियताका साथ लागेर भब्य स्वागत गर्ने गरेका छ्न ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button